सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

शोभितासँग बिहे गर्नुअघि नागा चैतन्यले मेटाए सामन्थासँगको अन्तिम तस्बिर पनि

सोमबार, १२ कात्तिक २०८१, ०९ : ४५
सोमबार, १२ कात्तिक २०८१

नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभुका पूर्व पति तथा अभिनेता नागा चैतन्यले अभिनेत्री शोभिता धुलिपालासँग इन्गेजमेन्ट गरेका छन् र उनीहरू अहिले बिहेको तयारीमा छन् । नागाले सम्बन्ध विच्छेदपछि सामन्थासँगका एउटा बाहेक सबै तस्बिरहरू डिलिट गरेका थिए । यस विषयमा नागालाई बारम्बार ट्रोल पनि गरिएको थियो । यसैबिच, अब अभिनेताले यो अन्तिम तस्बिर पनि डिलिट गरिदिएका छन् । 

  • तस्बिरको क्याप्सनले बढाएको थियो आक्रोश 

यो तस्बिर सन २०१८ को हो जसमा नागा चैतन्य र सामन्था रुथ प्रभुले रातो रेस कारमा सँगै पोज दिएका थिएन । यो तस्बिर देखेर फ्यानहरु निकै आक्रोशित भएका थिए । फोटोको क्याप्सनले ट्रोलरहरूको आक्रोश बढाएको थियो । तस्बिरको क्याप्सनमा ‘मिसेस एन्ड द गर्लफ्रेन्ड’ लेखिएको थियो । शोभितासँग इन्गेजमेन्ट भएपछि नेटिजन्सले यो फोटो डिलिट गर्न अभिनेतालाई आग्रह गरेका थिए ।

‘तपाईंले स्यामका तस्बिरहरू डिलिट गर्नुभयो र उनलाई इन्स्टा र एक्समा अनफलो गर्नुभयो । यो तस्बिर किन नहटाएको ?’ पोस्टमा कमेन्ट गर्दै एक फ्यानले लेखेका थिए ।  अर्का एक जनाले ‘स्याम यो भन्दा राम्रो साथीको हकदार छिन्, पोस्ट हटाउनुस्’ भनेर लेखेका थिए । अर्को कमेन्टमा ‘तपाईँको अर्कै केटीसँग इन्गेजमेन्ट भइसक्यो, यो तस्बिर हटाइदिनुस्’ भनेर भनिएको थियो । 

उक्त पोस्टमा यस्तै खालका कमेन्टको बाढी आए पनि उनले सन् २०१८ को सो पोस्ट हटाएका थिएनन् । तर शोभिता धुलिपलासँग बिहे गर्नुअघि अभिनेताले सामन्थासँगको यो अन्तिम तस्बिर पनि डिलिट गरिसकेका छन् । अभिनेताको एकाउन्टमा फिल्मको पोस्टरमा सामान्था बाँकी छिन् । 

  • छिट्टै विवाह बन्धनमा बाँधिदैछन् नागा–शोभिता 

 नागा चैतन्यले ८ अगस्टमा ‘मेड इन हेभन’ स्टार शोभिता धुलिपालासँग इन्गेजमेन्ट गरेका थिए । चार वर्षसम्म बिहेको बन्धनमा बाँधिएपछि चैतन्य सन् २०२१ मा सामन्था रुथ प्रभुसँग छुट्टिएका 

 थिए । मिडिया रिपोर्टका अनुसार नागा चैतन्य र शोभिताले यही जाडो याममा विवाह गर्ने योजना बनाएका छन् । यद्यपि, दुबैका परिवारका कुनै पनि सदस्यले यी खबरको पुष्टि गरेका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप