सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

भेट्रान्स फुटबलको उपाधि ठमेल टुरिजमको पोल्टामा

सोमबार, १२ कात्तिक २०८१, ०९ : ४०
सोमबार, १२ कात्तिक २०८१

काठमाडौँ । फुटबलर्स मिसन टुगेदरद्वारा मध्यपुर यूथ एसोसिएसनको खेल मैदानमा सञ्चालित दोस्रो भेट्रान्स फुटबल प्रतियोगिता–२०८१ को उपाधि ठमेल टुरिजम डेभलपमेन्ट काउन्सिलले जितेको छ । ठमेल टुरिजमले फ्रिडम फाइटर युवा क्लबलाई २–१ गोलले हराउँदै उपाधि चुमेको हो ।

ठमेल टुरिजमका लागि बुद्धराज लिम्बु र कोमल खवासले एक–एक गोल गरे । फ्रिडमका लागि भने मिलन राईले एक गोल गरे । ठमेल टुरिजमले विजेता ट्रफीका साथै आठ लाख रुपैयाँ नगद पुरस्कार पनि हात पार्‍यो ।

उपविजेता फ्रिडमले पाँच लाख रुपैयाँ प्राप्त गर्‍यो । ठमेलका मीनबहादुर बस्नेत, भेषराज लिम्बु, टासी छिरिङ क्रमशः प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट मिडफिल्डर र सर्वोत्कृष्ट खेलाडी घोषित भए । सर्वोत्कृष्ट प्रशिक्षक विनोद आले घोषत भए ।  

फ्रिडमका राजकुमार घिसिङ र विकर्ण श्रेष्ठ क्रमशः सर्वोत्कृष्ट डिफेन्स, सर्वोत्कृष्ट फरवार्ड चुनिए । अनुशासित टोलीको उपाधि हाम्रो धरान फुटबल क्लबले र सबभन्दा बढी उमेरका फुटबल खेलाडीको पुरस्कार वीरगन्जका ऋतु शाक्यले प्राप्त गरे ।

नागार्जुन नगरपालिकाको प्रायोजनमा कार्तिक ३ गतेदेखि मध्यपुर यूथ एसोसिएसनको खेल मैदानमा सञ्चालित प्रतियोगितामा देशभरका २१ वटा टोलीको सहभागिता रहेको थियो ।

विजेता, उपविजेता, सर्वोत्कृष्ट खेलाडीहरूलाई उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत, मध्यपुर थिमी नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, गोदावरी नगरपालिकाको प्रमुख गजेन्द्र महर्जन र फुटबलर्स मिसन टुगेदरका अध्यक्ष अशोकरत्न बज्राचार्य, एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालगायतले पुरस्कार वितरण गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप