सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

जबरजस्ती करणीको मुद्दामा पक्राउ परेका सशस्त्र प्रहरी जवानद्वारा आत्महत्या

सोमबार, १२ कात्तिक २०८१, ०९ : २८
सोमबार, १२ कात्तिक २०८१

बुटवल । दाङमा जबरजस्ती करणीको मुद्दामा पक्राउ परेका सशस्त्र प्रहरी जवान रेवन पचभैया मगरले वडा प्रहरी कार्यालय घोराहीमा आत्महत्या गरेका छन् ।  प्युठान बडडाँडा घर भएका  प्रहरी जवान मगरलाई भालुवाङमा केही दिन पहिले नाबालकका करणी आरोपमा प्रहरीले पक्राउ गरेको थियो । 

गन्जी र टिसर्टको पासो लगाएर शौचालयमा मगर झुन्डिएको अवस्थामा आज बिहान फेला  परेको जल्ला प्रहरी कार्यालयका दाङका एसपी अर्जुन तिम्सेनाले रातोपाटीलाई बताए । दसैँको बेलामा पिङ खेल्न गएका नाबालिकालाई  बलात्कार गरेको प्रहरीसँग बयानमा स्वीकार गरिसकेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप