स्रोत नखुलेको ५ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
सोमबार, १२ कात्तिक २०८१, ०९ : १०

रौतहट । प्रहरीको गस्ती टोलीले स्रोत नखुलेको नेपाली ५ लाख रुपैयाँसहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्ला ढाका थाना क्षेत्र अन्तर्गत फूलवरीया गाउँका ४८ वर्षीय त्रिभुवन चौधरी रहेका छन् ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायका अनुसार आइतबार साँझ सीमावर्ती भारतीय बजार बैरगनिया बाट मोटरसाइकलमा गौर आएका चौधरीलाई अस्थायी प्रहरी पोस्ट महादेव पट्टीको टोलीले चेकजाँच गर्दा उनले बोकेको नाइलनको झोलामा ५ सय थानको नेपाली ५ लाख रुपैयाँ बरामद भएको थियो । बरामद रुपैयाँ मोटरसाईकल सहित भारतीय नागरिक चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जना प्रहरी नायव उपरीक्षक प्रहरी उपरीक्षक पदमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण
-
१० बजे १० समाचार : सदनमा लफडा, क्याम्पसमा तोडफोड
-
राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छ : अध्यक्ष भट्टराई
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित
-
ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम