तस्करीको सामानसहित २ जना पक्राउ
सोमबार, १२ कात्तिक २०८१, ०७ : ४०

रौतहट । रौतहटमा प्रहरीको गस्ती टोलीले तस्करीको विभिन्न सामानसहित २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा राजदेवी नगरपालिका ६ बस्ने वर्ष ३५ का सञ्जीव यादव र वर्ष २९ का वीरेन्द्र यादव रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।
राजदेवी-६ पताहीमा बीआर ३० ई ७३२४ नम्बरको मोटरसाइकलमा भारतीय बजार बैरगनियाबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको ६८ हजार ८४० रुपैयाँ बराबरको कपडासहित उनीहरूलाई आइतबार साँझ पक्राउ गरिएको प्रवक्ता रायले जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाई कपडा मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय रौतहटमा दाखिला गरिएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वडा सदस्य महतोको लोभलाग्दो मेवाखेती
-
समस्याग्रस्त सहकारीको व्यवस्थापन गर्न बनेको समिति नै समस्यामा
-
अमेरिकामा पनि भव्यताका साथ मनाइयो बिस्का जात्रा (तस्बिरहरू)
-
लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र
-
गण्डकीका योजनामा व्यक्तिस्वार्थ चर्को, छुट्याउन सरकारलाई सकस
-
सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग