सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

दोस्रो एकदिवसीयमा भारतीय महिला क्रिकेट टोली न्यूजिल्याण्डसँग पराजित

सोमबार, १२ कात्तिक २०८१, ०६ : ५७
सोमबार, १२ कात्तिक २०८१

अहमदाबाद । भारतीय महिला क्रिकेट टोली तीन खेलको एकदिवसीय शृंखलाको दोस्रो खेलमा न्युजिल्यान्डसँग ७६ रनले पराजित भएको छ ।

पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५९ रन बनाएको थियो । न्युजिल्याण्डका लागि कप्तान सोफी डेभिनले ८६ बलमा ७९ रनको इनिङ खेलिन् । भारतका लागि राधा यादवले ४ र दीप्ती शर्माले २ विकेट लिए ।

लक्ष्य पछ्याउन उत्रिएको भारतीय टोलीको सुरुवात राम्रो हुन सकेन । भारतले १७.१ ओभरमा ७७ रनको स्कोरमा पाँच विकेट गुमाएको थियो।

भारतीय टोली ४७.१ ओभरमा १८३ रन बनाएर अलआउट भयो । तर, राधा यादवले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दै ४८ रनको इनिङ खेलिन् ।

यो जितसँगै न्युजिल्यान्डले तीन खेलको सिरिजमा १–१ को बराबरी गरेको छ । सिरिजको अन्तिम खेल २९ अक्टोबरमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप