सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

युभे र इन्टरबिच ८ गोलको थ्रिलर

सोमबार, १२ कात्तिक २०८१, ०६ : ३४
सोमबार, १२ कात्तिक २०८१

रोम । सब्सिटिच्युट केनान यिलडिजले दुई गोल गरेपछि युभेन्टसले इन्टर मिलानविरुद्ध इटालियन सिरिएमा बराबरी गर्न सफल भएको छ । आठ गोल भएको रोमाञ्चक खेल ४–४ को बराबरीमा टुङ्गिएको हो ।

खेलको १५ औँ मिनेटमा पिटोर जिलिन्सकीले पेनाल्टीमार्फत इन्टरलाई अग्रता दिलाएका थिए । तर, ५ मिनेटपछि नै डुसान भ्लाहोविचले युभेन्टसका लागि बराबरी गोल फर्काए । 

२६ औँ मिनेटमा टिमोथी वेहले युभेलाई खेलमा पहिलोपटक अग्रता दिलाए । यद्यपि, ३५ औँ मिनेटमा हेनरिक मिखितारिनले बराबरी गोल फर्काए । दुई मिनेटपछि इन्टरले फेरि पेनाल्टी पायो जसलाई जिलिन्सकीले सजिलै गोलमा परिणत गरे ।

दोस्रो हाफको सुरुवातमा डेन्जेल डमफ्राइजले इन्टरलाई ४–२ को अग्रता दिलाए । तर, यिलडिजले ७१ औँ मिनेट र ८२ औँ मिनेटमा गोल गर्दै इन्टरलाई अङ्क बाँड्न बाध्य बनाए ।

डर्बी डी’इटालिया भनेर चिनिने यस खेलपछि इन्टर १८ अङ्कसहित लिगको दोस्रो स्थानमा रहेको छ । एक अङ्कले पछि रहेको युभेन्टस तेस्रो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप