सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

कुन राशिका लागि आजको दिन शुभ ?

सोमबार, १२ कात्तिक २०८१, ०६ : १२
सोमबार, १२ कात्तिक २०८१

वि.सं. २०८१ साल कार्तिक १२ गते । सोमबार । ईश्वी सन् २०२४ अक्टोबर २८ तारिख । नेपाल संवत् ११४४ । कालयुक्तनाम संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४५ । कार्तिक कृष्णपक्ष । तिथि–एकादशी, ७ घडी २७ पला, बिहान ९ बजेर ११ मिनेट उप्रान्त द्वादशी । 

नक्षत्र–पूर्वाफाल्गुनी, २८ घडी १४ पला, बेलुकी ५ बजेर ३० मिनेट उप्रान्त उत्तराफाल्गुनी । योग–ब्रह्म, ९ घडी २९ पला, बिहान १० बजेर ० मिनेट उप्रान्त ऐन्द्र । करण–बालव, बिहान ९ बजेर ११ मिनेट उप्रान्त कौलव, बेलुकी १० बजेर ४ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–सिंह । काठमाडौँमा सूर्योदय बिहान ०६ बजेर १२ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर २१ मिनेट । दिनमान २७ घडी ५१ पला ।

आजको बार बेला ।  

  • बिहान ०६ बजेर १२ मिनेटसम्म अमृत बेला ।
  • बिहान ६ बजेर १३ मिनेटदेखि बिहान ७ बजेर ३६ मिनेटसम्म काल बेला ।
  • बिहान ७ बजेर ३७ मिनेटदेखि बिहान ९ बजेर ० मिनेटसम्म शुभ बेला ।
  • बिहान ०९ बजेर १ मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म रोग बेला ।
  • बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ४७ मिनेटसम्म उद्वेग बेला ।
  • बिहान ११ बजेर ४८ मिनेटदेखि दिउसो १ बजेर १० मिनेटसम्म चर बेला ।
  • दिउसो १ बजेर ११ मिनेटदेखि दिउसो २ बजेर ३४ मिनेटसम्म लाभ बेला ।
  • दिउसो २ बजेर ३५ मिनेटदेखि दिउसो ३ बजेर ५७ मिनेटसम्म अमृत बेला ।
  • दिउसो ३ बजेर ५८ मिनेटदेखि बेलुकी ६ बजेर ५७ मिनेटसम्म चर बेला ।
  • नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बिहान ७ बजेर ३६ मिनेटदेखि बिहान ८ बजेर ५९ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रह्म मुहूर्त
बिहान ४ बजेर ३६ मिनेटदेखि बिहान ५ बजेर २४ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।

  • मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययनमा प्रशस्त समय दिन सकिने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । तपाईँको इमानदारीको कदर सबैले गर्नेछन् । चाडबाड लक्षित सामानको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । अप्ठ्यारा तथा असजिला परिस्थितिलाई सहजै बुद्धिमत्ता पूर्वक निराकरण गर्न सकिनेछ । प्रेममा सामीप्य बढ्ने तथा उपहार प्राप्तिको योग रहेको छ । सन्तान तथा आफन्तबाट सहयोग रहने हुनाले मन प्रसन्न रहनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ ।
  • वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पुरानो सवारी साधन परिवर्तन गरी नयाँ लिने ग्रहयोग रहेको छ । राजनीति तथा सामाजिक क्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । मन परेको मानिससँग यात्रा हुने तथा मिष्टान्न भोजन ग्रहण गर्दै समय व्यतीत हुनेछ । आफन्त तथा आमाको सहयोगले राम्रा काम गर्न सकिनेछ । सामान्य स्वास्थ्य समस्या बढ्नाले अध्ययनमा बाधा हुनेछ ।
  •  
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) गलत लेखाइ वा गलत बुझाइले आफ्नो साख गिर्न सक्छ ध्यान दिनुहोला । छोटो तथा रमाइलो यात्राको तय गर्न सकिने भए पनि बढी नै उत्साहित हुँदा नराम्रो घट्न घट्न सक्छ ध्यान दिनुहोला । माया प्रेममा मनमुटाब सिर्जना हुनेछ भने जीवन साथीसँग राय बाझिनेछ । तर पनि खाद्यान्न, पहिरन, गरगहना र टुरिजम क्षेत्रको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफन्त साथीभाइ तथा कुटुम्बबाट आउन सुखद समाचारले मन प्रसन्न हुनेछ । चाडबाड लक्षित समान, होटेल तथा रेस्टुरेन्ट र यात्रासँग सम्बन्धित व्यापारबाट लाभ लिन सकिनेछ । थोरै बोलेर मनग्गे आम्दानी गर्न सकिने समय रहेको छ । माया प्रेमको डोरो कसिलो हुनेछ भने पति पत्नी बिच एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले अरू भन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ । शेयर बजारमा आज गरिने लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।
  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समयमा कामहरू सम्पन्न हुने तथा अरूको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि सकारात्मक नतिजा हात लागी हुने योग रहेको छ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कर्म प्राप्तको निमित्त लामो दूरीको यात्रा हुनेछ । विदेशी सामानको व्यापार वा विदेशी भूमिमा बसेर काम गर्नेहरूका लागी समयले साथ दिनेछ । किनमेल, खानपान तथा भेटघाटमा समय व्यतीत हुनेछ । अध्ययनमा विद्यार्थीहरूका लागी आजको समय शुभ रहेको छ । स्वास्थ्य सामग्री तथा टेक्निकल क्षेत्रमा काम गर्नेहरूका लागी आजको दिन शुभ रहनेछ । नियम सङ्गत काम नगर्नाले दुख पाइन सक्छ ध्यान दिनुहोला ।  
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू लाभ हुनेछ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरू भन्दा अगाडी बढ्न सकिनेछ । इच्छा आकाङ्क्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । सरकारी धन तथा पैतृक धन सम्पत्ति हात लागी हुने सम्भावना रहेको छ । व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) नोकरी तथा जागिरमा आफ्नै कमजोरीले समस्या आउनेछ । कार्यक्षेत्रमा काम बिग्रने हुँदा आलोचना गर्नेहरू सक्रिय हुनेछन् । व्यापार व्यवसाय खस्केर जाने हुनाले आर्थिक अवस्था बिग्रनेछ । राजनीति तथा समाजसेवामा जनताको पक्षमा काम गर्न नसक्दा इज्जत प्रतिष्ठामा कमी हुनेछ । बुवा वा बुवा सरहका मानिससँग विवाद हुनेछ भने सरकारी सेवामा रहेर काम गर्नेहरूले विशेष ध्यान दिनुहोला ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) लामो समयदेखि रोकिएका कामहरू बन्नुको साथै गरिरहेको कामबाट मनग्गे आम्दानी हुनेछ । आफन्त तथा जीवन साथीको साथ पाइने हुनाले मन प्रसन्न हुनेछ । समाजमा तारिफयोग्य काम गरी नाम कमाउन सकिनेछ भने सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्नेछ । उच्च शिक्षाको लागी लामो दूरीको यात्रा हुनेछ । व्यापारबाट मनग्गे आम्दानी गर्न सकिनेछ भने घरायसी सुख सुविधा भरपुर मात्रामा प्रयोग गर्न पाइनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) नसोचेको धन तथा सम्पत्ति हात लागी हुनेछ भने चिट्ठा प्राप्तिको गतिलो योग रहेको छ । आफन्त तथा दिदी बहिनीबाट सहयोग तथा समर्थन पाइनेछ । शुभचिन्तकको सुझावलाई शिरोधार्य गर्दै अगाडी बढ्न सके फाइदा हुनेछ । माया प्रेममा नजिक भई आफ्ना कुराहरू राख्न सकिनेछ । प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुनेछ । व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने कर्मफल प्राप्त हुनाले मन प्रसन्न हुनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यावसायिक यात्रा हुने तथा आवश्यक पर्दा साथ दिनेहरू प्रशस्त भेटिने हुँदा मन प्रसन्न हुनेछ । परिवारका साथ देश विदेशको यात्राको तय गर्न सकिनेछ । स्थायी सम्पत्तिको भरपुर प्रयोग गर्न पाइनेछ । नाफामूलक काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । सेवामूलक काम गरी नाम पनि कमाउन सकिने हुनाले मान सम्मानमा वृद्धि हुनेछ । अध्ययनमा मन जानेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहने हुनाले तपाईँको प्रतिस्पर्धीको रूपमा अरु नै देखा पर्नेछन् । खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउनेछ । आउनु पर्ने रुपैयाँ पैसा नआउने तथा आफन्तलाई दिएको धनले शत्रुता बढाउनेछ । धन सम्पत्ति हराउने तथा चोरी हुने हुनाले यात्रा गर्दा ख्याल गर्नुहोला । प्रेममा अविश्वास बढ्ने योग रहेको छ भने मामा तथा आफन्तसँग विवाद बढ्नेछ । तर पनि आर्थिक क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा भण्डारी
दुर्गा भण्डारी
लेखकबाट थप