आईसीसी विश्वकप लिग-२ : अमेरिकालाई नेपालले दियो २८७ रनको लक्ष्य
काठमाडौँ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल र अमेरिकाबीच पहिलो खेलमा नेपालले अमेरिकालाई २८७ रनको लक्ष्य दिएको छ।
अमेरिकाको ड्यालसमा भइरहेको खेलमा नेपालले निर्धारित ५० ओभरमा २८६ रन बनायो।
कप्तान रोहित पौडेलले नेपालका लागि सर्वाधिक ९६ रन बनाए । त्यसअघि अनिल शाह र आसिफ शेखले ९८ रनको साझेदारी गरेका थिए ।
त्यस्तै, आरिफ शेखले ३७ रन जोडे । कुश भुर्तेल ११ र दीपेन्द्र सिंह ऐरी १३ रन बनाएर आउट भए । त्यस्तै, गुल्सन झा १, सोमपाल कामी २, सन्दीप लामिछाने ५ र करण केसी ३ रनमा आउट भए । ललित राजवंशी १ रनमा अविजित रहे ।
अमेरिकाको लागि नोसथुस केन्जिगेले ४ तथा सौरभ नेत्रभाल्करले २ विकेट लिए । अहिले अमेरिकाले जवाफी ब्याटिङ गरिरहेको छ ।
यस शृङ्खलामा नेपाल अमेरिका र स्कटल्यान्डसँग २-२ खेल खेल्दैछ। शृङ्खलाको पहिलो खेलमा स्कटल्यान्डले अमेरिकालाई १० विकेटले हराएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’ए : युभेन्टस चौथो स्थानमा उक्लियो
-
बुण्डेस लिगामा बायर्न म्युनिखको शानदार जित
-
भाइ, पत्नी र दुई छोरी गुमाएका एलीसहित तीन इजरायली बन्धक हमासको कब्जामुक्त हुँदै
-
२० लाख पर्यटक भित्र्याउने गरी पोखरा भ्रमण वर्ष घोषणाको तयारी
-
१२ बजे, १२ समाचार : रविको धरौटी तिर्ने बैंकले धोका खानेदेखि विपिन जोशीको रिहाइका लागि सभामुखको पहलसम्म
-
भारतमा पटाका कारखानामा विस्फोट हुँदा चार जनाको मृत्यु