गोदावरी पुष्प मेलामा एक करोड १८ लाखको कारोबार
सोमबार, १२ कात्तिक २०८१, ०१ : १९
_jLHYJAC72N.jpg)
ललितपुर । जावलाखेल मैदानमा आयोजित १७औँ गोदावरी पुष्प मेला आइतबार सम्पन्न भएको छ । चार दिन चलेको मेलामा ४३ हजार ६ सय जनाले अवलोकन गरेका थिए भने एक करोड १८ लाखको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपालका पूर्वअध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए ।
तामाङका अनुसार मेलामा पुष्प जातीय विकास र गुणस्तरीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले पुष्प व्यवसाय प्रदर्शनी गरिएको थियो । मेलाको पहिलो दिनमा २५ लाख, दोस्रो दिनमा २५ लाख, तेस्रो दिनमा ५० लाख र अन्तिम दिनमा २८ लाखको कारोबार भएको थियो ।
यस वर्षको मेलामा बहुवर्षे फूल र इन हाउस ग्रिन प्लान्टप्रति अवलोकनकर्ता बढी आकर्षित देखिएका छन् । मेलामा ७५ वटा प्रदर्शनी कक्ष, ६८ व्यावसायिक स्टल, दुई प्रतियोगितात्मक स्टल, चार अफिसियल स्टल र एक सेल्फी स्टल आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक