मानव अधिकार तथा शान्ति समाज तेह्रथुममा जोशी सर्वसम्मत
![मानव अधिकार तथा शान्ति समाज तेह्रथुममा जोशी सर्वसम्मत](https://npcdn.ratopati.com/media/news/464599484_27684640541151997_1145231074309686147_n_fRhqRoar9u.jpg)
तेह्रथुम । मानव अधिकार तथा शान्ति समाज तेह्रथुम शाखाको सभापतिमा शंकरप्रसाद जोशी सर्वसम्मत निर्वाचित भएका छन् ।
शाखाको ११ औँ साधारणसभा तथा अधिवेशनबाट जोशीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
शाखाको उपसभापतिमा बालकृष्ण ढुंगाना, सचिवमा कुमारी लिम्बू, सहसचिवमा तुलसी कार्की र कोषाध्यक्षमा विमलादेवी श्रेष्ठ निर्वाचित भएका निर्वाचन समितिका संयोजक अधिवक्ता मानबहादुर लिम्बूले जानकारी दिए ।
त्यस्तै, शाखाको सदस्यहरूमा कृष्णप्रसाद सुवेदी, तिलबहादुर श्रेष्ठ, जुनु अधिकारी खत्री, टंकप्रसाद ढुंगाना, प्रकाश धौलाकोटी, निरू पौडेल बुढाथोकी, लक्ष्मी लिम्बू र सीता लिम्बू चयन भएका छन् ।
शाखाले निवर्तमान सभापति टिकाराम खुलालको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।
सदस्यहरूमा डिल्लीराम रेग्मी र तेजमाया श्रेष्ठ रहेका छन् । सदरमुकाम म्याङलुङमा भएको साधारणसभामा समाजका केन्द्रीय सचिव सन्तोष रौनियार र लक्ष्मीनारायण मिश्रले समाजले गर्दै आएका परोपकारी र शान्तिवादी कार्यहरूबारे स्पष्ट पारेका थिए ।
सभामा शाखाका संस्थापक सभापति गोविन्द ढुंगाना, म्याङलुङ नगरपालिकाका मेयर सञ्जयकुमार तुम्बाहाङ्फे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।