हत्या आरोपित अभियुक्त चार वर्षपछि पक्राउ
आइतबार, ११ कात्तिक २०८१, २३ : ५३
संखुवासभा । हत्या आरोपित फरार अभियुक्त मादी नगरपालिका–८ का राजकुमार तामाङलाई चार वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
२०७७ साल माघ १० गते छिमेकी रत्नबहादुर प्रधानको हत्याका आरोपित तामाङ फरार थिए । उनलाई आइतबार पक्राउ गरिएको डीएसपी दक्षकुमार बस्नेतले बताए ।
गत असोज १९ गते अभियुक्त राजकुमार तामाङकै गाउँका दिनेश मोक्तान आगजनी गरेको आरोपमा समातिएपछि उनको बयानका आधारमा हत्या आरोपित राजकुमारलाई प्रहरीले पक्राउ गरेको डीएसपी बस्नेतले बताए। हत्यामा संलग्न तामाङविरुद्ध कर्तव्यज्यान तथा आपराधिक उपद्रव र मोक्तानविरुद्ध आपराधिक उपद्रव कसुरमा मुद्दा चलाएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता