सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

स्थानीय र संघीय सरकारबीचको सहकार्य अपरिहार्य छ : मन्त्री यादव

आइतबार, ११ कात्तिक २०८१, २३ : ४५
आइतबार, ११ कात्तिक २०८१

पर्सा । खानेपानीमन्त्री प्रदीप यादवले नारायणी रंगशालाको स्तरोन्नति कार्यलाई प्रभावकारी बनाउन स्थानीय र संघीय सरकारबीचको सहकार्य अपरिहार्य रहेको बताएका छन् । 

आइतबार रंगशालाको अनुगमनका क्रममा मन्त्री यादवले युवा प्रतिभाहरूको विकास र खेलकुदको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रवद्र्धधन गर्न खेल पूर्वाधारलाई समयमै सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले भने, 'नारायणी रंगशालाको विकासमा पर्सा क्रिकेट संघको भूमिका महत्वपूर्ण छ । सरकार आगामी दिनमा थप सहयोग र स्रोतसाधन उपलब्ध गराउन प्रतिबद्ध छ ।'

मन्त्री यादवले नारायणी रंगशालाको स्तरोन्नतिमा मुख्य अवरोध बनेको मुआब्जा समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। केही दिनअघि मन्त्री यादवले खेलकुदमन्त्री तेजुलाल चौधरीसँग भेट गरी मुआब्जा विषय चाँडो टुङ्ग्याउन आग्रह गरेका थिए । 

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले नारायणी रंगशालाको विकासलाई वीरगञ्जको खेलकुद इतिहासको महत्वपूर्ण परिवर्तनको रूपमा व्याख्या गरे । उनले रंगशालाको स्तरोन्नतिले खेल क्षेत्रको विकासका साथै स्थानीय अर्थतन्त्र र पर्यटनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले नारायणी रंगशाला निर्माणपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल प्रतियोगिता आयोजना गर्नसकिने बताए । मन्त्रालय र स्थानीय निकायबीच समन्वय तथा निरन्तर सहयोग आवश्यक रहेकामा उनले जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप