सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

५० को उमेरमा २५ को जस्तो जवान देखिन चाहनुहुन्छ ?

आइतबार, ११ कात्तिक २०८१, २३ : ०४
आइतबार, ११ कात्तिक २०८१

काठमाडौं । आफ्नो छाला सधैं चम्किलो होस्, ताजगी सधैँ कायम रहोस् भन्ने हामी सबै चाहन्छौं । 

एक उमेरसम्म छाला चम्किलो देखिन्छ । तर उमेर बढ्दै जाँदा अनुहारको सुन्दरता र चमक घट्न थाल्छ । राम्रोसँग हेरचाह गरिएन भने उमेर बढ्दै जाँदा छालाले आफ्नो चमक गुमाउन थाल्छ । 

हिजोआजको जीवनमा धेरै तनाव छ, यसले निश्चिय पनि छालालाई असर गर्छ । यदि तपाईको उमेर ५० नाघिसकेको छ भने जीवनशैलीको प्रभाव तपाईको छालामा देखिन थाल्छ ।
 
५० वर्षको उमेरमा पनि तपाई  जवान र ऊर्जावान देखिन चाहनुहुन्छ भने यो लेख तपाईकै लागि हो । आज हामी तपाईंलाई केही यस्ता घरेलु एन्टिअक्सिडेन्टबारे बताउन गइरहेका छौँ । जसको प्रयोग गरेर तपाई ५० वर्षको उमेरमा पनि २५ वर्षको जस्तो देखिन सक्नुहुन्छ ।
 
काँक्रो
 
काँक्रो कयौं पोषक तत्वहरूले भरिपूर्ण छ । यसमा एन्टी–इन्फ्लेमेटरी गुण पाइन्छ । यी गुणहरूले शरीरमा बढ्दो उमेरको प्रभावलाई कम गर्छ । काँक्रोमा भिटामिन सी पनि पाइन्छ, जसले एन्टी एजिङका साथसाथै अन्य धेरै फाइदा पनि दिन्छ । आफ्नो मुहारमा तपाईंले  दैनिक रुपमा काँक्रो लगाउनुभयो भने, यसले तपाईंको अनुहारमा चमक त ल्याउँछ नै कालो धब्बा र चाउरीपना कम गर्न पनि मद्दत गर्दछ ।
 
मह
 
मह अनुहारको चमक बढाउन वर्षौंदेखि प्रयोग हुँदै आएको चिज हो । महमा एन्टी एजिङ गुण पाइन्छ, जसले अनुहारमा दाग र चाउरी पर्नबाट रोक्छ । चना, कागतीको रस वा एलोभेरामा मह मिसाएर प्रयोग गर्न सक्नुहुन्छ । मह एक प्राकृतिक तत्व हो जसले तपाईको अनुहारमा महँगो क्रिम भन्दा पनि राम्रो प्रभाव पार्न सक्छ ।
 
दूध
 
क्याल्सियमयुक्त दूध छालाको लागि धेरै लाभदायक हुन्छ । तपाईलाई दूध पिउन गाह्रो लाग्ला तर यसले तपाईंलाई पूर्णतया जवान, सक्रिय र ताजा राख्छ । दूधमा बेसन मिसाएर अनुहारमा लगाउन सक्नुहुन्छ वा कपासले सिधै अनुहारमा दूध लगाउनाले अद्भुत चमक आउँछ । अनुहारमा दूध लगाउनाले छालामा हुने उमेरको असरलाई कम गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप