लेबनानमा इजरायली हवाई आक्रमण, १५ जनाको मृत्यु
आइतबार, ११ कात्तिक २०८१, २२ : ४१

बेरुत । दक्षिणी लेबनानमा आइतबार बिहान इजरायली हवाई आक्रमणमा १५ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । इजरायली ड्रोन र लडाकू विमानहरूले दक्षिणी लेबनानका १० सहर र गाउँमा १३ वटा हवाई आक्रमण गरेका थिए ।
इजरायली सेनाले दक्षिणी लेबनानका सीमावर्ती गाउँहरूमा आक्रमण जारी राखेको छ । यसैबिच हिजबुल्लाहले एक विज्ञप्तिमार्फत इजरायली शहर एकरको सैन्य उद्योगमा हवाई आक्रमण गरेको बताएको छ ।
आइतबारको छुट्टै विज्ञप्तिमा आइडिएफले दक्षिणी लेबनानमा हिजबुल्लाहसँगको गोलीबारीमा शनिबार चार इजरायली सैनिक मारिएको बताएको छ । चारै जनाले आइडिएफको एलोन रिजर्व इन्फन्ट्री ब्रिगेडमा सेवा गरेका थिए ।
आइडिएफले शनिबार दक्षिणी लेबनानमा एक सय २० भन्दा बढी हिजबुल्लाह लक्ष्यमा आक्रमण गरी ७० हिजबुल्लाह लडाकूलाई मारेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेताको शासनलाई गणतन्त्र भनेर भ्रम छरियोः प्रभु साह
-
सुरेश रजकका दाइले भने- भाइको शव टिचिङ अस्पतालमा छ, पोस्टमार्टम भएको छैन
-
ग्रिनल्यान्डमाथि सैन्य कारवाही गर्नसक्ने ट्रम्पको चेतावनी
-
जङ्गलमा चिहान सफा गर्न गएका पुरुषले लगाएका थिए दक्षिण कोरियाको जङ्गलमा आगो
-
भूकम्पपछि अहिले कस्तो छ म्यानमार र थाइल्याण्डको अवस्था ?
-
प्रेस सेन्टरको अधिवेशन: नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र