भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । आइतबार त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपालले भारतलाई पेनाल्टी–सुटआउटमा ४–२ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । यसअघि खेलको ७१ औँ मिनेटमा भारतकी संगीता बास्फोरेले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । त्यसलगत्तै नेपाल गरेका गोललाई रेफ्रीले मान्यता दिएका थिएनन् । त्यसपछि विवाद हुँदा खेल केही समय रोकिएको थियो । रोकिएको खेल सुरु हुनासाथ नेपालको तर्फबाट सावित्रा भण्डारीले गोल गर्दै खेल बराबरी भएको थियो ।
त्यसपछि पेनाल्टी–सुटआउटमा ४–२ गोलले भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । नेपालले उपाधिको लागि बंगलादेशसँग भिडन्त गर्ने छ । आइतबार नै भएको अर्को सेमिफाइनल खेलमा बंगलादेशले भुटानलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।
अघिल्लो संस्करणको फाइनल खेलमा पनि नेपाल र बंगालदेशबिच नै उपाधि भिडन्त भएको थियो । अघिल्लो संस्करणमा फाइनलमा बंगलादेशले नेपाललाई हराउँदै उपाधि जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका लागि नेपाली राजदूत शर्माले भेटे भारतीय विदेशमन्त्री जयशंकरलाई
-
जिम्मेवारी र माया बिचको सङ्घर्ष झल्काउने ‘परिबन्ध’ गीत
-
राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्र निर्माण गर्न सक्षम छु : संयोजक सुवेदी
-
नेसपा (नयाँ शक्ति) ले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
-
सिमरा सेजमा सञ्चालन भएको उद्योग ३ सातामै बन्द
-
इक्वेडरको तट नजिकै ६.३ म्याग्निच्युडको भूकम्प