सोमबार, १२ कात्तिक २०८१
ताजा लोकप्रिय

उपभोक्ता अदालतको अध्यक्ष र एक सदस्य सिफारिस

आइतबार, ११ कात्तिक २०८१, २१ : २९
आइतबार, ११ कात्तिक २०८१

काठमाडौँ । न्याय परिषद्ले उपभोक्ता अदालतको एक अध्यक्ष र सदस्य सिफारिस गरेको छ । परिषद्ले अध्यक्षमा जिल्ला न्यायाधीश र न्याय सेवा आयोगका तर्फबाट एक सदस्य सिफारिस गरेको हो । 

अध्यक्षसहित दुई सदस्य हुनेमा आइतबार न्याय परिषद्ले अध्यक्ष र सदस्य सिफारिस गरेको छ । परिषद्ले अध्यक्षमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्मा र सदस्यमा न्याय सेवा आयोगका गेहेन्द्रराज रेग्मीलाई तोक्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्ले प्रशासन क्षेत्रबाट एक जना सदस्य  तोक्ने छ । परिषद् र आयोगले गरेको सिफारिस मन्त्रिपरिषद्ले अनुमोदन गर्ने छ । त्यसपछि  सर्वोच्च अदालत प्रशासनले स्रेस्तादार तोक्ने छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप