आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय
साफ महिला च्याम्पियनसिप

रोकिएको खेल सुरु, नेपालले गर्‍यो गोल

आइतबार, ११ कात्तिक २०८१, २१ : १४
आइतबार, ११ कात्तिक २०८१

काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल–भारतबिचको खलेमा नेपालले गरेको गोललाई रेफ्रीले मान्यता नदिएपछि रोकिएको खेल सुरु भएको छ । आइतबार त्रिपुरेश्वस्थित दशरथ रंगशालामा जारी खेलमा विवाद भएपछि रोकिएको खेल सुरु हुने बित्तिकै नेपालले गोल गरेको छ ।

नेपालका तर्फबाट सावित्रा भण्डारीले गोल गरेकी हुन् । योसँगै नेपाल र भारतबिचको खेल बराबरी भएको छ । यसअघि खेलको ७१ औँ मिनेटमा भारतकी संगीता बास्फोरेले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । 

यस्तै यसअघि नेपाल गरेका गोललाई रेफ्रीले मान्यता दिएका थिएनन् । त्यसपछि विवाद हुँदा केही समय खेल रोकिएको थियो । जुन समयमा खेल रोकिएको थियो त्यही समयबाट खेल सुरु भएको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप