आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

तिनाउ डाइभर्सनविरुद्धको रिट सर्वोच्चले गर्‍यो खारेज

आइतबार, ११ कात्तिक २०८१, २० : ५३
आइतबार, ११ कात्तिक २०८१

काठमाडौँ । सर्वोच्च अदालतले बहुचर्चित कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाविरुद्धको रिट खारेज गर्ने फैसला सुनाएको छ । 

रिट खारेज भएसँगै यो आयोजना अघि बढाउने बाटो खुलेको छ । आइतबार सर्वोच्चले रिट खारेज गर्दै केही विषयमा निर्देशनात्मक आदेश जारी गरेको हो ।

आयोजनाविरुद्ध २०७८ असारमा सर्वोच्चमा मुद्दा दायर भएको थियो । यो विवादमा सर्वोच्चमा पाँच थान रिट दर्ता भएका थिए । 

सर्वोच्चका न्यायाधीश डा. कुमार चुँडाल र विनोद शर्माको इजलासले आइतबार आयोजनाविरुद्ध परेको रिट खारेज गरेको हो । निर्देशनात्मक आदेशबारे लिखित फैसला आएपछि मात्र भन्न सकिन्न सर्वोच्चले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप