आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

सर्वोत्तम सिमेन्टसहित थप तीन उद्योगले बुझाए बक्यौता, प्राधिकरणले जोडिदियो लाइन

आइतबार, ११ कात्तिक २०८१, २० : ४९
आइतबार, ११ कात्तिक २०८१

काठमाडौँ । थप तीनवटा उद्योगले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता महसुल नेपाल विद्युत् प्राधिकरणमा बुझाएका छन् । प्राधिकरणका अनुसार भैरहवास्थित नवनेपाल इन्डस्ट्रिजले पूरै बक्यौता तिरेको छ । यसको नाममा २ लाख ५ हजार बक्यौता थियो । 

त्यस्तै ११ करोड ९६ लाख बक्यौता भएको सर्वोत्तम सिमेन्टले बक्यौताको पहिलो किस्तावापत् ३७ लाख रुपैयाँ बुझाएको छ । प्राधिकरणले किस्तामा बक्यौता बुझाउने सुविधा दिएको छ । अर्को एउटा उद्योगले भने नाम सार्वजनिक नगरिदिन आग्रह गरेको प्राधिकरणले जनाएको छ । योसँगै तीनवटै उद्योगमा लाइन जडान गरिदिएको प्राधिकरणको भनाइ छ ।

बक्यौता र किस्ता नबुझाएका २९ उद्योगमा लाइन दिइएको छैन । नेपाल विद्युत् प्राधिकरणले पूरै बक्यौता वा किस्ता बुझाए मात्रै लाइन जडान गरिदिने अडान राखेको छ । प्राधिकरणले गत बिहीबार डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेर महसुल नबुझाएका उद्योगको लाइन काटेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप