आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

थाई एयर एसियालाई नेपाल आउन प्रतिबन्ध, जीएसएलाई टिकट काट्न रोक

आइतबार, ११ कात्तिक २०८१, २० : ४१
आइतबार, ११ कात्तिक २०८१

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयर एसियाको सबै प्रकारका उडानमा रोक लगाएको छ । अनुमति बिना नेपाली आकाशमा प्रवेश गरेको भन्दै प्राधिकरणले उडानमै रोक लगाएको हो ।

प्राधिकरणको नियम अनुसार आइतबार (अक्टोबर २७) देखि विन्टर सिजन सुरु भएको छ । नेपाल आउने जहाजहरूले प्रत्येक सिजनका लागि अनुमति लिनुपर्छ । शनिबारसम्मको लागि अनुमति पाएको एयरले आइतबार समेत उडान गरेपछि यस्तो कारबाही गर्नुपरेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । अनुमति नै नभई विदेशी एयरलाइन्सको विमान अर्को देशको आकाशमा प्रवेश गर्ने कार्यलाई ज्यादै संवेदनशील मानिन्छ ।

थाइ एसिया एरवेजले भैरहवा उडानको समेत अनुमति मागेको थियो । तर पाएको अनुमति अनुसार भैरहवा उडाउन तयार नभएपछि नयाँ सिजनका लागि प्राधिकरणले अनुमति दिएको थिएन । तर, अनुमति नै नभएको उडान गरेपछि उक्त एयरवेजमाथि कारबाही गर्नुपरेको भूलले बताए ।

योसँगै उक्त एयरलाइन्सको जनरल सेल्स एजेन्ट (जिएसए)को काम गर्दै आएको युनिभर्सल टुर्स एण्ड ट्राभल्सलाई टिकट काट्न रोक लगाएको हो । थाइले आइतबार, सोमबार, बुधबार र शुक्रबार गरी सातामा चार उडान गर्दै आइरहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप