साफ महिला च्याम्पियनसिप
रेखा पौडेललाई रातो कार्ड, भारतको अग्रताले दबाबमा नेपाल
आइतबार, ११ कात्तिक २०८१, २० : २१

काठमाडौँ । साफ महिला च्याम्पियनसिपअन्तगर्त सेमिफाइनलमा नेपाल–भारतबिचको खेलमा नेपालकी फरवार्ड रेखा पौडेलले रातो कार्ड पाएकी छन् । आइतबार त्रिपुरेश्वस्थित दशरथ रंगशालामा जारी खेलको ५१ औँ मिनेटमा रातो कार्ड पाएपछि उनले मैदान छाडेकी छिन् । योसँगै नेपाली टिम १० खेलाडीमा सीमित भएको छ ।
यसैबिच सेमिफाइनल खेलमा नेपालविरुद्ध भारतले अग्रता लिएपछि नेपाल दबाबमा परेको छ । खेलको ७१ औँ मिनेटमा भारतकी संगीता बास्फोरेले गोल गर्दै भारतलाई अग्रता दिलाएकी हुन् ।
यस्तै भारतले गोल गरेलगत्तै नेपाली खेलाडीहरुले पनि गोल गरेका थिए । तर नेपालको गोललाई रेफ्रीले मान्यता दिएन । नेपालकी फरवार्ड रेखा पौडेलले रातो कार्ड र भारतले १–० को अग्रता बनाएपछि नेपाल दबाबमा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२६ सम्म युद्ध लम्ब्याउन चाहन्छ रुस, के गर्लान् अब ट्रम्प ?
-
बलात्कारपीडित ८ वर्षीया बालिकाको मृत्युपछि बङ्गलादेशमा उग्र भयो प्रदर्शन
-
वुमन्स डे ट्रफी : हङकङलाई हरायो नेपालले
-
स्वास्थ्य बीमामा देखिएका समस्या नीतिगत निर्णय गरेर समाधान गरिने
-
अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा युवक पक्राउ
-
बुमराहको फिटनेस अपडेट, मुम्बईलाई झट्का