आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

लागु औषधसहित ५ जना पक्राउ

आइतबार, ११ कात्तिक २०८१, २० : ०१
आइतबार, ११ कात्तिक २०८१

हेटौंडा । मकवानपुरको हेटौंडाबाट प्रतिबन्धित लागु औषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । ११ ग्राम लागु औषध खैरो हिरोइन र ६०० एम्पुल डाईजेपामसहित हेटौंडाबाट ५ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शनिबार राति ११ बजेको समयमा हेटौंडाको थानाभर्याङबाट लागु औषध खरो हिरोइनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार अस्थायी प्रहरी पोष्ट थानाभर्याङबाट खटिएको प्रहरी टोलीले हेटौंडा–११ नमुना टोलबाट सोही स्थान बस्ने २३ वर्षीय सुजन गुरुङ र हेटौंडा–१० बस्ने ३३ वर्षीय अजय गहतराजको साथबाट ४ ग्राम लागु औषध खेरो हिरोइन बरामद गरेको थियो ।

त्यस्तै शनिबार साँझ ६ः३० बजेको समयमा विशेष सूचनाको आधारमा प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरी टोलीले  हेटौंडा–१ चौकीटोलमा डेरा कोठा गरी बस्ने २३ वर्षीय अरुण नेपालीको कोठाबाट ७ ग्राम खैरो हेरोइन बरामद गरेको थियो । बरामद भएको खेरो हिरोइनसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान कार्य अघि बढाएको प्रवक्ता अर्यालले बताए ।

त्यसैगरी शनिबार राति ९ः३५ बजेको समयमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५ पिपलबोटबाट लागु औषध डाइजेपामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पूर्वपश्चिम सडक खण्ड अन्तर्गतको उक्त स्थानमा सवारी साधानहरु रोकी चेकजाँच गर्ने क्रममा पथलैयाबाट हेटौडातर्फ आउँदै गरेको बा ५४ प ६५९८ नम्बरको स्कुटर चालक इलाम एकथापा गाउँपालिका–६ बस्ने ३५ वर्षीय दिपेश श्रेष्ठ र स्कुटर पछाडि बस्ने पर्सा पोखरीया नगरपालिका–६ बस्ने २४ वर्षीय  लालबाबु पासवानलाई डाइजेपाम सहित नियन्त्रणमा लिइएको प्रवक्ता अर्यालले बताए ।

प्रवक्ता अर्यालका अनुसार स्कुटरमा फल्स बटम बनाई लुकाई छिपाई ल्याइएको अवस्थामा फेनार्गन २०० एम्पुल, नुफिन २०० एम्पुल र  डाईजेपाम २०० एम्पुल फेला परेको थियो । पक्राउ परेका उनीहरूलाई औषध मुद्दामा  ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको प्रवक्ता अर्यालको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप