आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

एमाले पार्टी कार्यालयमा कार्यकर्ता खुकुरीसहित पुगेपछि ...

आइतबार, ११ कात्तिक २०८१, १९ : ४४
आइतबार, ११ कात्तिक २०८१

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा खुकुरी बोकेर कार्यकर्ता पुगेपछि केहीबेर तनाव भएको छ । त्यसक्रममा दुई पक्षबिच खुकुरी खोसाखोस भएको भिडियो सार्वजनिक भएको छ । 

एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको शनिबार बोलाएको सचिवालय बैठक अघि एकजना कार्यकर्ता झोलामा खुकुरीसहित च्यासल पुगेपछि होहल्ला र खुकुरी खोसाखोस हुन पुगेको हो । 

महासंघका अध्यक्ष पासाङ शेर्पा र महासचिव पेम्बा भोटे पक्षबिच विवाद रहँदै आएको छ । केही समयअघि शेर्पा पक्षले महासचिव भोटेलाई कारबाही गर्दै जिम्मेवारीविहीन बनाएका थिए । भोटेको जिम्मेवारी खोसेपछि उनीपक्षीय समूह आक्रोशित बनेको थियो । 

स्रोतका अनुसार कारबाही गरेका भोटे पक्ष पनि शनिबारको बैठकमा सहभागी हुने तयारीका साथ पुगेका थिए ।  भोटेपक्ष बैठकमा प्रवेश गर्नसक्ने बुझेपछि अध्यक्ष शेर्पा पक्षले खुकुरी बोकेर गएको भोटेपक्षको भनाइ छ । 

एमालेका नेता तथा जनसंगठन समन्वय इन्चार्ज भानुभक्त ढकालले आदिवासी जनजाति महासंघले महासचिव भोटेको जिम्मेवारी खोसेपछि उनीपक्षीय कार्यकर्ताले पार्टी कार्यालयमा होहल्ला गरेको बताए ।

‘सचिवालयको बैठकबाट महासचिव पेम्बा भोटेलाई जिम्मेवारीमुक्त गरेको थियो । त्यसको असन्तुष्टिमा उहाँहरु लागिरहनुभएको थियो’, ढकालले रातोपाटीसँग भने, ‘केन्द्रीय कमिटीको बैठकमा सुनुवाइ भए राम्रो भन्ने लागेको थियो । तर सचिवालय बैठकले नै जिम्मेवारी मुक्त गरेकाले संगठन त्यसकै पक्षमा थियो । त्यही विषयलाई लिएर साथीहरूले प्रेसर गराएका हुन् ।’

नेता ढकालले खुकुरीबारे आफूलाई थाहा नभएको बताए ।

‘खुकुरी हानाहान भएको होइन, पार्टी कार्यालय र बसोबास पनि त्यहीँ छ । झण्डा बनाउनुपर्‍यो के गर्नुपर्‍यो, क्यान्टिन त्यही छ । त्यो साधनस्रोत हुने कुरा स्वभाविक नै हो तर कसैले त्यही भएको साधनलाई प्रभोक गर्न हतियार भेटियो भनेर प्रचार गरेको हुनुपर्छ’, ढकालको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप