आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

‘पूर्णबहादुरको सारंगी’ बाबु र छोराबिचको भावनात्मक कथा हो : निर्देशक पौडेल

आइतबार, ११ कात्तिक २०८१, १८ : ५८
आइतबार, ११ कात्तिक २०८१

काठमाडौँ । फिल्म ‘पूर्णबहादुरको सारंगी’ एउटा विशुद्ध परिवारको कथा भएको निर्देशक सरोज पौडेलले बताए । फिल्मले बाबु र छोराबिचको भावनात्मक सम्बन्धको कथा फरक तवरबाट पेस गर्ने उनको भनाई थियो । 

‘स्याउ अन्तको भन्दा जुम्लाको फरक हुन्छ नि’, पौडेलले भने, ‘हाम्रो फिल्मको कथा पनि त्यस्तै हो ।’ ‘पूर्णबहादुरको सारंगी’ जुम्लाको स्याउ जस्तै भएको उनको भनाई थियो । 

आइतबार आयोजित एक कार्यक्रममा निर्देशक पौडेलको  फिल्ममा सारंगीलाई पात्रको रूपमा पेस गरेको समेत जानकारी दिए । ‘हाम्रो र सबैका लागि सारङ्ंगी प्रिय मौलिक बाजा हो’, उनले भने ।

अभिनेत्री अञ्जना बराइलीले फिल्म ‘पूर्णबहादुरको सारंगी’मा दर्शकले आफूलाई भिन्न रूपमा देख्न सक्ने बताइन् । फिल्मबाट आफूले निकै आश गरेको बताउदै उनले भनिन्, ‘हामी भर्खर मोफसल टुर गर्यौं, जहाँ दर्शक निकै उत्साहित भएको पायाँै ।ं’

फिल्म मार्फत अभिनेता विजय बराल पहिलो पटक शीर्ष ‘पूर्णबहादुर’को भूमिकामा देखिँदैछन् । फिल्म आफ्ना लागि विशेष रहेको बरालले बताए । ‘फिल्ममा म पहिलो पटक मुख्य भूमिकामा देखिँदै छु ।  त्यस हिसाबले एक्साइटेट छु नै’, बरालले भने ‘मुख्य भूमिका भारी फिल्म हुदोरहेछ ।’ फिल्मको सफलता असफलताको जस आफूमै जाने भएकोले पनि भारी महसुस गरेको उनले सुनाए । ‘फिल्म बाबुले छोराप्रति देखेको सपना हो । ‘फिल्मभित्र केही चीज छ, जुन हेरिरहँदा तपाईंलाई महसुस हुन्छ’, उनले थपे ।

फिल्म नेपाल रिलिजको एक सातापछि मात्र विदेशमा रिलिज गर्न लागिएको छ । निर्माता प्याट्रिक सुवेदीले विदेशमा पनि फिल्मको चर्चा राम्रो रहेकोमा खुसी व्यक्त गरे । उनले फिल्म भिन्न खालको बनेको हुनाले यसको चासो धेरै भएको धारणा राखे । 

‘पूर्णबहादुरको सारंगी’ लक्ष्मीपूजाको अवसर पारेर बिहीबारदेखि प्रदर्शन हुँदैछ । फिल्ममा विजय र अञ्जनासहित प्रकाश सपूत, मुकुन भुसाल, माओत्से गुरुङ, विनोद न्यौपाने, शंकर आचार्य, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह लगायतको अभिनय छ ।

विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता रहेको फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप