२०८२ साललाई ‘नगरकोट भ्रमण वर्ष’को रूपमा मनाइँदै

भक्तपुर । २०८२ साललाई ‘नगरकोट भ्रमण वर्ष’को रूपमा मनाइने भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिकाले आफ्नो नगरपालिकाभित्र पर्ने उक्त क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले भ्रमण वर्षको रूपमा मनाउन लागिएको नगर प्रमुख जीवन खत्रीले जानकारी दिए ।
आइतबार नगरपालिका र राष्ट्रिय सञ्चार केन्द्रको संयुक्त आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख खत्रीले त्यसका लागि यो क्षेत्र अन्तर्गतका धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको मर्मतसम्भार, स्तरोन्नतिका कार्यका लागि योजना बनाइएको बताए ।
कार्यक्रममा उनले संघीय सरकारको कार्यक्षेत्र अन्तर्गत रहेको नगरकोट–कमलविनायक सडकखण्ड समयमै मर्मत नहुनाले नगरकोट जाने पर्यटकलाई असहज भइरहेको गुनासो समेत गरे ।
गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण चाँगुनारायण नगरपालिकामा भएका भौतिक क्षतिको पुनर्निर्माण गर्न बजेटको १० प्रतिशत रकम कटाएर विपद् व्यवस्थापनका लागि कोषमा जम्मा उनको भनाइ छ ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले क्षेत्रभित्रका जनताको स्वास्थ्य सेवाका लागि नगरपालिकाले चाँगुनारायण नगर अस्पताल निर्माण सम्पन्न गरे पनि संघीय सरकारबाट अझै स्वीकृति नपाएको गुनासो गरे । सबै मापदण्ड पुरा गर्दा पनि सरकारले नै स्वीकृति दिन ढिलाइ गरिरहेका कारण स्थानीयको उपचारमा समस्या भएको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने
-
लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला राउत