आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

सकियो पुष्प मेला, एक करोडभन्दा बढीको कारोबार

आइतबार, ११ कात्तिक २०८१, १८ : ३६
आइतबार, ११ कात्तिक २०८१

काठमाडौँ । ललितपुरको जावलाखेल मैदानमा चलेको १७ औँ गोदावरी पुष्प मेला आइतबार  सकिएको छ ।  

चारदिनदेखि चलेको मेलामा ४३ हजार ६ सयले अवलोकन गर्दा १ करोड १८ लाखको कारोबार भएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ । 

एसोसिएसन आयोजनामा कार्तिक ८ गतेदेखि सुरु भएको मेलामा पहिलो दिन ६ हजार ९ सय जनाले अवलोकन गर्दा २५ लाखको कारोबार भएको थियो । 

दोस्रो दिन ९ हजार ८ सय जनाले अवलोकन गर्दा २५ लाख रुपैयाँ बराबरको कारोबार भएको र तेस्रो दिन शनिबार १५ हजार ९ सय जनाले अवलोकन गर्दा ५० लाखको कारोबार भएको थियो । यस्तै आइतबार अन्तिम दिनमा ११ हजारले अवलोकन गर्दा  २८ लाखको कारोबार भएको आयोजकले जनाएको छ । 

चार दिनसम्म चलेको मेलामा ४० हजार बढीले प्रत्यक्ष अवलोकन तथा एक करोडभन्दा बढीको व्यवसायीक कारोबार हुने आयोजकको प्रक्षेपण भएपनि लक्ष्यभन्दा बढी कारोबार र अवलोकनकर्ताको भएको मेला संयोजक रामबहादुर तामाङले बताए ।

पुष्प व्यवसाय प्रवर्धनका सम्बन्धमा समय अनुकूल पुष्पको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा सहयोग पुर्‍याउनका लागि प्रदर्शनी आयोजना गरिएको हो ।

मेला अवधिभर अवलोकनकर्ताले सबैभन्दा बढी बहु वर्षे फुल्ने फूलप्रति बढी आकर्षण भएको देखिएको र त्यही बढी मात्रामा खरिद भएको फ्लोरीकल्चर एसोसिएसन नेपालका निवर्तमान अध्यक्ष मिनबहादुर तामाङले बताए । 

इन हाउस ग्रीन प्लान्टको पनि बिक्री राम्रै देखिएको उनले बताए । मेलाको अवलोकनका लागि विभिन्न अनुसन्धानकर्ता, कलेज तथा स्कुलका बालबालिकाहरू आएका थिए ।

चार दिने मेलामा व्यावसायिक स्टल ६८, प्रतियोगितात्मक स्टल २, अफिसियल स्टल ४ र फोटो पारखीरुका लागि सेल्फी स्टल १ गरी जम्मा ७५ वटा प्रर्दशनी कक्षहरु रहेका थिए । विगत वर्ष झैँ यस वर्ष पनि गोदावरी फूलको ४ वटा विधा (मिनियचर, रिफ्लेक्स, स्पाईडर र ईनकर्भ)मा प्रतिस्पर्धा गराएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप