उद्योगीहरूले भने– प्रमाणअनुसार तिर्छौं भन्दा पनि जबरजस्ती लाइन काटियो

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महसुल नतिरेका उद्योगको लाइन काटेपछि उद्योगीहरूले प्राधिकरणको विरोध गरेका छन् ।
आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दौ उद्योगीहरूले प्रमाण देखाए तत्काल महसुल तिर्न आफूहरू तयार रहेको बताएका हुन् ।
अर्घाखाँची सिमेन्टका अध्यक्ष पशुपति मुरारकाले सरकारी निर्णय विपरीत प्राधिकरणले लाइन काटेको बताए । उनले भने, ‘ऊर्जा मन्त्रालय, प्रधानमन्त्री लगायतले लाइन नकाट्न भन्नु भएको थियो । तर प्राधिकरणले हामीलाई अपराधीजस्तो व्यवहार गर्यो । डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेको बिल भए हामी तत्काल तिर्छौं । किस्ताबन्दी पनि चाहिँदैन ।’ मुरारकाले यो विवादको विषय भएकाले वार्तामार्फत समाधान गर्नुपर्नेमा प्राधिकरण आफूअनुकूल अगाडि बढेको पनि बताए ।
उद्योगी ध्रुव थापाले पटकपटक लाइन काटेर प्राधिकरणले अर्बौंको लगानी जोखिममा पारेको बताए । उनले भने, ‘एक पटक होइन यसरी पटकपटक उद्योगको लाइन काटेर हाम्रो आम्दानी गुमाउने काम भएको छ । यसले राज्य पक्ष र उद्योगी कसैलाई फाइदा गर्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक ग्राम सञ्चालन कार्यविधि : ३० वर्ष मुनिका युवा उद्यमी र घरेलु उद्योगलाई प्राथमिकता
-
‘माया के हो ?’मा आकाश र उगेनकाे रोमान्स
-
'नयाँ सहमतिको लागि आन्दोलन गरेका होइनौँ, पुरानै सहमति सम्बोधन होस्, वार्ताको औचित्य छैन'
-
चिनियाँ नागरिक रुसको तर्फबाट लडिरहेको जेलेन्स्कीको दाबी, पक्राउ परेका दुई सैनिकको भिडियो जारी
-
प्रदूषण केही कम भए पनि काठमाडौँ शीर्ष स्थानमा कायमै
-
‘द महावीर’ निर्माण गर्दै सङ्गीतकार अधिकारी