जसपा नेपालको नवलपुर जिल्ला समिति गठन
आइतबार, ११ कात्तिक २०८१, १७ : १२

नवलपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको नवलपुर जिल्ला समिति गठन भएको छ । नवलपुरको गैडाकोटमा आयोजित विस्तारित बैठकबाट ओमबहादुर रानाको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति गठन गरिएको पार्टी प्रचार विभागले जानकारी दिएको छ ।
जसपाले पार्टीका उपाध्यक्ष शिवलाल थापाको उपस्थितिमा सो समिति पुनर्गठन गरेको हो । जसपा नेपालको चार महिने आधारभूत संगठन निर्माण अभियानअन्तर्गत गण्डकी प्रदेश समितिले प्रदेशअन्तर्गतका जिल्लामा संगठन गठन, पुनर्गठन गर्ने तथा विस्तारित बैठकको आयोजना गर्ने काम गरिरहेको छ । यसअघि तनहुँ जिल्लाको विस्तारित बैठक सम्पन्न गरिएको थियो ।
प्रदेश अन्तर्गतका पार्टीका केन्द्रीय नेताहरु पालिका समिति गठन, पुनर्गठनको जिम्मेवारीमा खटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक र शिक्षा मन्त्रालयबिच आज पनि छलफल हुँदै
-
पूर्वराजालाई समितिमा बोलाउन कांग्रेस सांसदको प्रस्ताव
-
सहकारीको सम्पत्ति बेचर ५ लाख रुपैयाँसम्मको बचत फिर्ता दिन सुझाव
-
रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट
-
शिक्षकहरूको आन्दोलन र वार्ता सँगसँगै, प्रदर्शनका तस्बिरहरू
-
दुर्गा प्रसाईंविरुद्ध कसुर दर्ता किताबमा ३ मुद्दा दर्ता