जिम्बाबेविरुद्धको शृंखलाका लागि पाकिस्तानी टोलीको घोषणा, बाबर आजम र साहिन शाहले स्थान पाएनन्

काठमाडौँ । निकट भविष्यमा हुने जिम्बाबेविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि पाकिस्तानी टोलीको घोषणा गरिएको छ । पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी) ले दुवै ढाँचाको शृंखलाका लागि छुट्टाछुट्टै टोलीको घोषणा गरेको हो ।
तर, दुवै ढाँचाको शृंखलाका लागि घोषित टोलीमा दुई अनुभवी खेलाडी पूर्वकप्तान बाबर आजम र साहिन शाह अफरिदीलाई भने समावेश गरिएको छ । पाकिस्तान र जिम्बाबेबिचको एकदिवसीय शृंखला आगामी नोभेम्बर २४ तारिखमा सुरु हुनेछ ।
यसैगरी, जिम्बाबेविरुद्धको शृंखलाका लागि अहमद दुनियाल, ह्यारिस रउफ, हसिबुल्लाह, मोहम्मद हसनैन, मोहम्मद इरफान खान, तैयब ताहिर र सलमान अलीलाई भने दुवै टोलीमा स्थान दिइएको छ । कप्तानको भने घोषणा गरिएको छैन ।
एकदिवसीय टोलीमा आमिर जमाल, अब्दुल्ला शफिक, अबरार अहमद, अहमद दानियाल, फैसल अकरम, ह्यारिस रउफ, हसिबुल्लाह (विकेटकिपर), कमरान गुलाम, मोहम्मद हसनैन, मोहम्मद रिजवान (विकेटकिपर), मुहम्मद इरफान खान, सइम अयुब, सलमान अली आगा, शाहनवाज दहानी र तैयब ताहिर रहेका छन् ।
यसैगरी, टी–२० टोलीमा अहमद दानियाल, अराफात मिन्हास, ह्यारिस रउफ, हसिबुल्लाह (विकेटकिपर), जहादाद खान, मोहम्मद अब्बास अफरिदी, मोहम्मद हसनैन, मुहम्मद इरफान खान, ओमैर बिन युसुफ, कासिम अकरम, साहिबजादा फरहान, सलमान अली आगा, सुफयान मोकिम, तैयब ताहिर र अस्मान खान रहेका छन् ।
ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्यभामा माथेमाका तीन कविता
-
बेलायतको सर्वोच्च अदालतको फैसला : ट्रान्स महिलाहरू कानुनी रूपमा महिला होइनन्
-
पर्यटनमा महिला उद्यमशीलताका लागि बजेट व्यवस्था गर्छौं : पर्यटनमन्त्री पाण्डे
-
नेवार समुदायमा समाजवादको भ्रूण छ : अध्यक्ष प्रचण्ड
-
२०८२ साल शब्दहरूमा यात्राको स्पन्दन
-
'गणतन्त्रवादी एक हुनुपर्छ, पूर्वराजाको सम्पत्ति छानबिन गर्नुपर्छ'