आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

इजरायलले गलत कदम चाल्यो: इरानी सर्वोच्च नेता खामेनी

आइतबार, ११ कात्तिक २०८१, १६ : १९
आइतबार, ११ कात्तिक २०८१

तेहरान । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले अक्टोबर २६ अर्थात् शनिबार इजरायलले इरानमाथि गरेको हमलामा प्रतिक्रिया दिएका छन् । खामेनीले इजरायलले गलत कदम चालेको बताएका छन् ।

यसबारे माइक्रो ब्लगिङ वेबसाइट एक्समा उनले एक पोस्ट गरेका छन् । ‘जियोनिस्ट शासनले दुई रात अघि गलत कदम उठायो ।  हामीले उनीहरूलाई इरानी जनताको शक्ति, दृढ सङ्कल्प र पहलकबारे बताउनै पर्छ,’ पोस्टमा  खामेनीले भनेका छन् ।

इजरायलले इरानी सैन्य अखडाहरूमा हवाई आक्रमण गरेको थियो । यी आक्रमणमा चार इरानी सैनिकको मृत्यु भएको छ । यस महिनाको सुरुमा इरानले इजरायलमा करिब २०० मिसाइल प्रहार गरेको थियो । तर, इरानको आक्रमणमा इजरायललाई कुनै ठुलो क्षति पुगेन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप