आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

दुधमा जाइफल, यी रोगका लागि हो सञ्जीवनी बुटी

आइतबार, ११ कात्तिक २०८१, १५ : ५२
आइतबार, ११ कात्तिक २०८१

काठमाडौँ । नेपाली भान्सामा धेरै खालका मसला र जडीबुटीहरू प्रयोग हुन्छ । यी मसला र जडीबुटीले खानालाई स्वादिष्ट त बनाउँछ नै यी हाम्रो स्वास्थ्यको लागि पनि धेरै फाइदाजनक हुन्छन् । तीनै मध्ये एक हो जाइफल । 

गुणकै कारण आयुर्वेदमा जाइफलको ठुलो स्थान छ । जाइफलका फाइदाहरू अचम्मका छन् । जाइफललाई दूधसँग खाँदा अमृत जस्तै स्वास्थ्य लाभ पनि मिल्छ । यसमा पाइने पौष्टिक तत्त्वले धेरै रोगबाट छुटकारा दिनुका साथै शरीरलाई स्वस्थ राख्न सहयोग गर्छ । जाइफलको स्वास्थ्य लाभहरूको सूची धेरै लामो छ खासगरी दूधमा मिसाएर सेवन गर्दा यसको लाभ झन धेरै हुन्छ । जाइफल हालिएका दूध पिउँदाका फाइदाहरुः

  • अनिद्रामा उपयोगी

जाइफलमा स्नायु प्रणालीलाई शान्त पार्ने प्राकृतिक गुण छ । राति सुत्नुअघि एक गिलास तातो दूधमा एक चिम्टी जाइफल मिसाएर पिउने हो भने यसले शरीरलाई आराम दिन्छ र राम्रो निद्रा निदाउन मद्दत गर्छ । यो घरेलु उपाय निद्राको कमीबाट पीडित व्यक्तिहरूको लागि धेरै लाभदायक साबित हुन सक्छ ।

  • पाचन सुधार

जाइफलमा पाचन सुधार गर्ने गुण पनि पाइन्छ । यसको सेवनले अपच, ग्यास र पेट दुख्ने लगायत पेटसम्बन्धी  समस्याबाट मुक्ति मिल्छ । दूधमा जाइफल मिसाएर पिउनाले पाचन प्रणाली राम्रो हुन्छ र कब्जियतको समस्याबाट पनि राहत मिल्छ ।

  • चिसो लागेको र खोकीबाट राहत

चिसो लागेको र खोकी लागेकाहरूलाई पनि जाइफल हालेको दूध लाभदायक हुन्छ । जाइफलमा एन्टी ब्याक्टेरियल र एन्टी इन्फ्लेमेटरी गुण हुन्छ, जसले श्वासप्रश्वास प्रणालीलाई सफा राख्न मद्दत गर्छ । यसले कफ कम गर्न र घाँटीको दुखाइबाट पनि राहत दिन्छ ।

  • तनाव र चिन्ता घटाउँछ

जाइफलमा माइरिस्टिसिन नामक तत्त्व हुन्छ, जसले मानसिक स्वास्थ्य सुधार्न मद्दत गर्छ । यसलाई दूधसँग मिसाएर सेवन गर्नाले तनाव र चिन्ता कम हुन्छ । यसले स्नायु प्रणालीलाई शान्त पार्छ र मुड पनि सुधार्छ ।

  • रोग प्रतिरोधात्मक क्षमता बढाउँछ

जाइफल मिसाएको दूध पिउनाले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ । यसमा पाइने एन्टिअक्सिडेन्टले शरीरलाई हानिकारक फ्री रेडिकलबाट बचाउँछ र सङ्क्रमणसँग लड्ने क्षमतालाई मजबुत बनाउँछ ।

  • टाउको दुखाइ र माइग्रेनमा लाभदायक

तपाईँलाई टाउको दुख्ने वा माइग्रेनको समस्या छ भने जाइफल हालेको दूधले राहत दिन्छ । जाइफलमा पाइने सक्रिय तत्त्वहरूले दुखाइ कम गर्न र मांसपेशीहरूलाई आराम दिन मद्दत गर्दछ ।

  • छालाको लागि पनि लाभदायक

जाइफलको सेवनले आन्तरिक स्वास्थ्यमा त सुधार गर्छ नै छालालाई पनि फाइदा गर्छ । यसमा एन्टी–ब्याक्टेरियल गुण हुन्छ, जसले छालासँग सम्बन्धित समस्याहरू हटाउन मद्दत गर्दछ । दूधमा जाइफल मिसाएर नियमित सेवन गर्नाले छालालाई चम्किलो र स्वस्थ बनाउँछ ।

  • कसरी गर्ने जाइफलको सेवन ?

– एक गिलास तातो दूधमा एक चिम्टी जाइफलको धुलो मिसाएर सुत्नुअघि सेवन गर्नुहोस्

– यसो गर्दा जाइफलको मात्रामा ध्यान दिनुपर्छ । अत्यधिक सेवन हानिकारक हुन सक्छ । यसका लागि एक चुटकी जाइफल पर्याप्त हुन्छ ।

– गर्भवती महिला र साना बच्चाहरूले यसको सेवन गर्नु अघि चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

दूधमा जाइफल मिसाएर सेवन गर्नु एक सरल र प्रभावकारी घरेलु उपाय हो, जसले धेरै स्वास्थ्य लाभहरू प्रदान गर्दछ । यसले निद्राको गुणस्तर त सुधार्छ नै पाचन, तनाव, रोग प्रतिरोधात्मक क्षमता र चिसो र खोकी जस्ता समस्याबाट पनि राहत दिन्छ । आयुर्वेदमा यसलाई अमृत जस्तै मानिन्छ । यसले शारीरिक र मानसिक स्वास्थ्यको लागि जीवन रक्षकको रूपमा काम गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप