आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय
भुटानविरुद्ध साबिक विजेता बंगलादेशको गोल वर्षा, तस्बिरहरु
साफ महिला च्याम्पियनसिप

भुटानविरुद्ध साबिक विजेता बंगलादेशको गोल वर्षा, तस्बिरहरु

आइतबार, ११ कात्तिक २०८१

काठमाडौँ । साबिक विजेता बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा बंगलादेशले भुटानमाथि ७–१ गोलको सजिलो जित हासिल गरेको हो ।

बंगलादेशले प्रारम्भदेखि नै भुटानलाई दबाबमा राखेको थियो । बंगलादेका लागि तोहुरा खातुनले तीन गोल गरिन् । उनले निर्धारित समयको १५औँ, ३५औँ र ५८औँ मिनेटमा गोल गरेकी हुन् । सविना खातुनले पनि दुई गोल गरिन् । उनले २६औँ र ३७औँ मिनेटमा गोल गरेकी हुन् ।

यसैगरी, रितु चकमा र मासुरा प्रविनले पनि एक–एक गोल गरे । रितुले सातौँ र मासुराले ७२औँ मिनेटमा गोल गरेका हुन् । भुटानका लागि भने एकमात्र गोल निर्धारित समयको ४१औँ मिनेटमा डेकी लहजुमले गरेकी हुन् ।

बंगलादेश समूह ‘ए’ को विजेता र भुटान समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । दोस्रो सेमिफाइनल खेल नेपाल र भारतबिच आइतबार नै खेलिने छ । नेपाल र भारतबिचको खेल साँझ १७ः३० बजे सुरु हुनेछ ।

नेपाल समूह ‘बी’ को विजेता र भारत समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । साफ महिला च्याम्पियनसिपको अघिल्लो संस्करणको फाइनलमा बंगलादेशले नेपाललाई ३–१ गोलले हराएको थियो । त्यो संस्करण पनि नेपालमै आयोजना भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया