साताको पहिलो दिन ९ अङ्कले घट्यो सेयर बजार

काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक (नेप्से) ९.१९ अङ्कले घटेको छ । सामान्य अङ्कले बजार घट्दा परिसूचक २६१८ बिन्दुमा झरेको छ ।
आज १४१ कम्पनीको मूल्य घटेको छ । ९१ कम्पनीको घट्दा ११ कम्पनीको मूल्य स्थिर रह्यो । आइतबार कुल १ करोड ११ लाख ३४ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ७३ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।
समग्र परिसूचक घटे पनि आइतबार लाइफ इन्स्योरेन्स कर्पोरेसन, रिभर फल्स पावर लिमिटेड र माइखोला हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी समृद्धि फाइनान्स लिमिटेड र कालिन्चोक दर्शन लिमिटेडको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
आइतबार फाइनान्स र जीवन बिमा कम्पनीप्रति लगानीकर्ताको आकर्षण देखियो । आज फाइनान्स उपसमूह र जीवन बिमा उपसमूहको सूचक क्रमशः १.११ र १.१५ प्रतिशतले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन प्रवर्द्धनका लागि देम्बाडाँडामा ‘गल्फ महोत्सव’ हुने
-
‘अस्पतालमा विशेषज्ञ चिकित्सक व्यवस्थापनमा सरकारले पहल गर्ने’
-
म्यान्मामा एक हप्तामा ८१ वटा परकम्प
-
१० बजे १० समाचार : ओली र मोदीको अठोटदेखि जनयात्रामा अन्तिम इच्छाको चर्चा
-
पाथीभरामा आज सात हजार बढी दर्शनार्थी
-
राजनीतिक र नीतिगत स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्नेमा विज्ञहरुको जोड