आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

साइकलसँग देश साट्ने भन्नेजस्ता हाउडेहरुको जमात छ : ओली

आइतबार, ११ कात्तिक २०८१, १४ : ४०
आइतबार, ११ कात्तिक २०८१

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा र विकासका सम्बन्धमा नेकपा एमालेको धारणा स्पस्ट रहेको बताएका छन् ।  आइतबार राष्ट्रिय सुरक्षा तथा विकासमा ‘पूर्व सुरक्षाकर्मीहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘राष्ट्रिय सुरक्षाका प्रश्नमा अथवा विकासका प्रश्नमा भूतपूर्व सैनिक र प्रहरीहरूको भूमिकाको सन्दर्भमा नेकपा एमाले स्पष्ट छ’, प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रियताको जगेर्ना कसरी गर्ने ? देशको सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता,भौगोलिक अखण्डता, राष्ट्रिय हितहरूको रक्षा र सम्वद्र्धन कसरी गर्ने ? राष्ट्रिय स्वाभिमान र गौरव कसरी कायम राख्ने र माथि उठाउने ? भन्ने विषयमा नेकपा एमाले कम्परमाइज गर्दैन भन्ने कुरा साथीहरूलाई थाहा छ ।’

प्रधानमन्त्रीले समाजमा अराजकता मच्चाउन खोजिएको भन्दै लोकतन्त्र अराजकतन्त्र र छाडातन्त्र नभएको बताए ।  ‘लोकतन्त्रको उपयोग गर्ने नाममा अराजकता मच्चाउने कुरा राष्ट्रिय एकतालाई कमजोर पार्ने कुरा कुनै प्रशासनिक ढंगले सजिलोका लागि शान्ति सुव्यवस्था कायम गर्न, जनतालाई सेवा सुरक्षा उपलब्ध गराउन हामीले प्रदेश, जिल्ला, पालिका र वडा बनाएका छौँ त्यो विभाजन होइन सजिलोका लागि हो’, प्रधानमन्त्रीको भनाइ छ । उनले भाषा, धर्म या पहिचानका नाममा जनताको मनलाई चिराचिरा पारिन्छ तब राष्ट्रिय एकता कमजोर हुने बताए । 

‘राष्ट्रप्रति जनताको वफादारिता र निष्ठा नै सबैभन्दा ठुलो सुरक्षाको किल्ला हो त्यसैमाथि हमला भइरहेको छ आज’, प्रधानमन्त्रीले भने, ‘हिजोदेखि हामीले हेर्यौ र भाषा, सम्प्रदायकाबिच यस्तो एकता विरोधी गतिविधिविरुद्ध हामी लड्यौ ।’ नेपाली जनताको चेतनाका अगाडि भ्रमहरु फैलाउन खोजे पनि त्यो टिक्न नसक्ने भएपनि देशभक्तिको भावनालाई केही कमजोर बनाउने भएकाले सचेत हुन जरुरी रहेको बताए । उनले साइकलसँग देश साट्ने जस्ता हाउडेहरूको जमात रहेको भन्दै 

‘नेपाली जनताको आजको चेतनाका अगाडि यी टिक्ने कुरा होइनन् । हामीले अनेक उदुम गरेर फैलाउन खोज्दा पनि पराजित गरेका छौ’, प्रधानमन्त्री ओलीले भने, ‘तर यी खराब कुरा हुन् । जसले समाजलाई हैरान पारेको छ ।’ उनले अर्को देशमा मिलाइदिउ भन्नेसम्मका मानिस निस्कन लागेको भन्दै भने, ‘अर्को देशमा मिलाइदिउ, साइकल मोटरसाइकल सस्तोमा आउँछ । साइकलसँग देश साट्ने भन्नेसम्मका कुरा खुलेआम गर्नेमा नेपाली जनता होइन हाउडे जमात छ जसले त्यसो भन्दा प्यारर...ताली बजाउँछ  ।’ 

उनले नेपाली सेना या प्रहरीमा अनुशासन हुने भन्दै भूपू सैनिक र प्रहरीले पनि सोही अनुशासन बोकेको हुने भएकाले नयाँ पीढीलाई पनि सिकाउनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप