जनतासँग प्रत्यक्ष सरोकार राख्न मुद्दामा ध्यान दिएर काम गर्नुपर्छ : सिंह

वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले जनतालाई पहिलो प्राथमिकतामा राखेर पार्टीहरूले काम गर्नुपर्ने बताएका छन् । जनमत पार्टी पर्साले आइतबार वीरगन्ज महानगरपालिकाको विन्दवासिनीमा क्षेत्रीय कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै सो पार्टीका नेता समेत मुख्यमन्त्री सिंहले यस्तो बताएका हुन ।
उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले यो क्षेत्रीय कार्यालयमार्फत जनताको सेवामा दत्तचित्त भएर काम गर्न आग्रह गरे ।
लोकतन्त्रमा सबै ठुलो सम्पत्ति जनता भएकोले आम नागरिकलाई राखेर पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्न मुख्यमन्त्री सिंहले निर्देशन दिए ।
उनका अनुसार शिक्षा, स्वास्थ्य जस्ता गम्भीर मुद्दाहरूमा जनतासँग प्रत्यक्ष सरोकार भएका विषय हुन् । ‘त्यसकारण यस्ता मुद्दाहरूप्रति गम्भीर जनताको पक्षमा काम गर्न आग्रह छ, जनताको घरमा हुने हरेक सानोसानो कार्यमा पनि सहभागिता जनाउन उत्तिकै जरुरी रहेको छ,’ उनले भने ।
यसैगरी मुख्यमन्त्री सिंहले आजै पर्सा क्षेत्र नम्बर–४ मा पनि क्षेत्रीय कार्यालयको उद्घाटन गरेका छन् ।
कार्यक्रममा जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफसहितकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केबलकार निर्माणको विवादकाबीच धमाधम शौचालय निर्माण
-
महिलाले निरन्तर हाँक्दै सामुदायिक वन
-
ला लिगामा रियाल मड्रिड विजयी, बार्सिलोनासँग अंंक बराबर
-
प्रिमियर लिग : चेल्सी विजयी हुँदा आर्सनल र म्यान्चेस्टर युनाइटेडको पर्यो टक्कर
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा