आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

इजरायली र चरमपन्थी आक्रमणमा सुरक्षाकर्मीको मृत्युबारे इरानी राष्ट्रपतिले के भने ?

आइतबार, ११ कात्तिक २०८१, १३ : ११
आइतबार, ११ कात्तिक २०८१

तेहरान । इरानी राष्ट्रपति मसुद पेजेस्कियानले पाकिस्तानसँग सीमा जोडिएको क्षेत्र तफ्तानमा भएको चरमपन्थी हमला र इजरायली आक्रमणमा मारिएका सुरक्षाकर्मीप्रति दुःख व्यक्त गरेका छन् । पेजेस्कियानले शनिवार राति सामाजिक सञ्जाल ‘एक्स’ मा एक पोस्टमा लेखेका छन्, ‘इरानका बालबालिकाले मातृभूमिको रक्षार्थ आफ्नो ज्यान गुमाएका छन् । म ती बहादुर सैनिक र पुलिसकर्मीहरूको शहादतमा आफ्नो समवेदना व्यक्त गर्दछु ।’

इरानका शत्रुहरूलाई यी मानिसहरू आफ्नो मातृभूमिको सुरक्षार्थ बहादुरीको साथमा उभिरहेका छन् भन्ने थाहा हुनुपर्छ भनेर इरानी राष्ट्रपतिले पोस्टमा लेखेका छन् । इरानमाथि इजरायलको आक्रमणमा चार सुरक्षाकर्मीको मृत्यु भएको छ । उता, इरानको तफ्तानमा प्रहरी गस्ती दलमाथि भएको हमलामा १० प्रहरीको मृत्यु भएको थियो । तफ्तान क्षेत्र पाकिस्तानको सिमाना नजिक छ ।

चरमपन्थी सङ्गठन जैश–अल–अदलले यस हमलाको जिम्मेवारी लिएको छ । जैश–अल–अदलले आफ्नो टेलिग्राम च्यानलमा आक्रमणको जिम्मेवारी लिएको छ । ‘तफ्तान शहरको गोहरकोहको फर्जा जबर बलको गस्ती इकाईलाई निशाना बनाइएको थियो’ समूहले पोस्टमा भनेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप