आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

तरहरामा ब्याडमिन्टन प्रतियोगिता : धनबहादुर पुरी र प्रदीप श्रेष्ठको टिम विजयी

आइतबार, ११ कात्तिक २०८१, १३ : ०६
आइतबार, ११ कात्तिक २०८१

इटहरी । तहरामा भएको नगरस्तरीय ब्याडमिन्टन प्रतियोगितामा समूह ‘क’ अन्तरगत धनबहादुर पुरी र प्रदीप श्रेष्ठको टिम विजयी भएको हो ।  इटहरी २० तरहरामा तरहरा ब्याडमिन्टन क्लबले आयोजना गरेको प्रतियोगितामा पुरी र श्रेष्ठको टिम विजयी भए भने राजकुमार राई र राम तामाङको टिम उपविजेता बन्यो । 

तीन समूह चरणमा भएको प्रतियोगितामा ‘ख’ समूहबाट रबिन बस्नेत र मेमकुमार राईको टिम प्रथम भएको छ । उपबिजेतामा आशिष श्रेष्ठ र गीता तामाङले चित्त बुझाए ।

त्यस्तै समूह ‘ग’ बाट सिम्रन मगर र प्रेमको टिम विजयी भए भने उपबिजेतामा ललित मगर र तिलकले बाजी मारे । प्रतियोगिताको विजेताले नगद १० हजार र ट्रफि उपविजेताले नगद ५ हजार र ट्रफि पाए ।

खेलको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले उद्घाटन गर्दै ब्याडमिन्टनले मानिसलाई स्वास्थ्यसँगै सकारात्मक बनाउने बताए । खेल क्षेत्रमा सरकारको लगानी आवश्यक रहेको बताउँदै मेयर पौडेलले नगरवासीलाई स्वास्थ्यमा ध्यान दिन आग्रह पनि गरे ।

क्लबका अध्यक्ष मेमकुमार राईले जनस्तरको बृहत् सहभागितामा बनेको तरहरा ब्याडमिन्टन क्लबमा दैनिक सय भन्दा बढी खेलाडीले ब्याडमिन्टन खेल्दै आएको बताए । 

कार्यक्रमको संयोजन तरहराका उत्कृष्ट खेलाडीहरू जय खड्का, चन्द्र तामाङ, नारायण गुरुङ, देव अधिकारी, रमेश लामिछाने, अनिल अधिकारी, अनिल निरौला, उत्तम राई लगायतले गरेका थिए। खेलमा ११३ खेलाडी सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप