अभिनेत्री साई पल्लवी भारतीय सेनाबारे दिएको बयानले विवादमा
आइतबार, ११ कात्तिक २०८१, १३ : ०१

नयाँ दिल्ली । दक्षिण भारतीय सिनेमाकी चर्चित अभिनेत्री साई पल्लवी एउटा पुरानो भिडियोका कारण विवादमा मुछिएकी छिन् । भिडियोमा उनले भारतीय सेनालाई लिएर विवादास्पद बयान दिएको सुनिन्छ ।
भारतीय सेनालाई पाकिस्तानमा आतङ्कवादी समूहका रूपमा हेरिएको उनको भनाइ छ । उनले दुई देशबिचको सबैभन्दा ठुलो विवादमा ध्यानाकर्षण गराएकी छिन् । भाइरल भिडियोमा उनले भनेका छिन्, ‘पाकिस्तानका मानिसहरूले हाम्रो सेनालाई आतङ्कवादी समूह ठान्छन् । तर हाम्रो लागि उनीहरूको सेना यस्तो छ ।’
साई पल्लवीको यो भिडियो सन् २०२२ मा दिइएको एक अन्तरवार्ताको टुक्रा हो । उनको यो भिडियोप्रति मानिसहरूले निकै असन्तुष्टि व्यक्त गरिरहेका छन् ।
यतिबेला साई रणबीर कपुरसँग रामायणको सुटिङ गरिरहेकी छिन् । यो बलिउडमा उनको डेब्यू फिल्म हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालविरुद्ध अफगानिस्तानले पहिले ब्याटिङ गर्ने
-
सिकन्दरको ‘हरिबिजोग’, सात दिनमा १०० करोड पनि कमाएन
-
अमेरिकामा ट्रम्पविरुद्ध ठुलो विरोध प्रदर्शन, के भन्छन् जनता ?
-
‘ज्ञानेन्द्रको शासन बेहोर्नु परेको भए बीपी पनि गणतन्त्रका पक्षमा उभिनुहुन्थ्यो’
-
नेपाल शिक्षक महासंघद्वारा भोलिदेखि शैक्षिक हडतालकाे घोषणा
-
घट्दो कोदो खेतीको अवस्थामा रक्सी ब्रान्डिङ कत्तिको सम्भव ?