लक्ष्मी सन्राइज बैंकले गर्यो पोखरामा सेवा विस्तार
आइतबार, ११ कात्तिक २०८१, १२ : ४९
काठमाडौँ । लक्ष्मी सन्राइज बैंकले कास्कीको पोखरामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ ।
बैंकको पोखरा महानगरपालिका वडा न. २६ स्थित बुढीबजारमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा न. ६ स्थित हल्लनचोक (लेकसाइड) मा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरुले सोही महानगरपलिकको वडा न. २७ स्थित लेखनाथ (तालचोक) शाखा मार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ ।
सेवा विस्तारकै क्रममा बैंकले आफ्नो २७औं एक्स्टेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ । उक्त काउन्टर पोखरा महानगरपलिका वडा न. १६ को बाटुलेचौरमा स्थापना भएको हो ।
साथै ग्राहकहरुको सहजता लागि रौतहट जिल्लाको गौर नगरपलिका वडा न.३ मा स्थित शाखा कार्यालय सोही वडाको ३० मिटर पूर्व तर्फ स्थानान्तरण भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिसन–०८४’ अघि के–के छन् प्रधानमन्त्री ओलीका ‘मेजर अप्रेसन’ ?
-
ओलीको रास्वपालाई प्रश्न : खुर्सानी चपायो भने पिरो हुँदैन ?’
-
बस्तीमा हात्ती छिरेपछि सावधानी अपनाउन निकुञ्जको आग्रह
-
बोलेरोको ठक्करबाट पोखरामा एक जनाको मृत्यु
-
एक वर्षमा दुई पटक फल्यो बझाङी स्याउ
-
साइकलसँग देश साट्ने भन्नेजस्ता हाउडेहरुको जमात छ : ओली