सुनको मूल्यमा नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?
आइतबार, ११ कात्तिक २०८१, १२ : ३६

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ४०० रुपैयाँ कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ ।
यसअघि कात्तिक ७ गते सुनको मूल्य १ लाख ६६ हजार ७०० रुपैयाँसम्म पुगेकोमा त्यसपछिका दुई दिन १ लाख ६६ हजार कायम भएको थियो । आइतबार फेरि मूल्य १ हजार ४०० रुपैयाँ बढेर रेकर्ड कायम हुन पुगेको हो ।
यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबारको कारोबारमा चाँदीको मूल्य २ हजार ७० रुपैयाँ कायम भएकोमा आइतबार १५ रुपैयाँ बढेर २ हजार ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षामन्त्रीको राजीनामाले आन्दोलन नरोक्ने शिक्षहरुको चेतावनिदेखि निजामती कर्मचारीलाई दोहोरो सुविधामा लगामसम्म
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने
-
जापानमा नेपाल हाउस निर्माणार्थ फेस्टिवलमा ८० लाख भन्दा बढी मुनाफा
-
किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ
-
सुमनाको कटाक्ष : राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको !
-
एमाले सांसद थापा भन्छन् - शिक्षामन्त्रीको राजीनामा अनपेक्षित र असान्दर्भिक, स्वीकृत नगरियोस्