काभ्रेमा जुवा खेलिरहेको अवस्थामा २१ जना पक्राउ
आइतबार, ११ कात्तिक २०८१, १२ : २९

काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–११ बल्थलीस्थित ख्याकूबाट गएराति जुवातास खेलिरहेका २१ जना पक्राउ परेका छन् । जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका २१ जनाबाट रु ९३ हजार तीन सय १५ बरामद गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
पक्राउ परेकालाई इप्रका बनेपामा राखी आज म्याद थपको तयारी भइरहेको प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिए । उनका अनुसार ख्याकूका रमेश थापाको घरमा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा राति प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीले यसअघि बुधबार साँझ मात्रै पनौती–९ कुँवर गाउँबाट पाँच जनालाई तास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिई रु ९५ हजार नगद बरामद गरेको थियो । उक्त समूहलाई मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेम विवाहको विवाद झडपमा परिणत, प्रहरीको गाडी जलाइयो
-
निर्माणाधीन पुल खस्दा दक्षिण कोरियामा चार जनाको मृत्यु
-
‘कर्मचारीले तलब खान पाएका छैनन्, ओली सरकारलाई पाप लाग्ला’
-
नवलपरासी पश्चिमको बेलासपुरमा दुई समूहबिच झडप, प्रहरी सहित २० जना घाइते
-
बस दुर्घटनामा घाइते भएकाहरूलाई निःशुल्क उपचारको गर्न माग
-
छात्रवृत्तिका लागि कम आवेदन पर्यो, प्रधानमन्त्रीद्वारा आह्वान