प्राइम कमर्सियल बैंकको ५ प्रतिशत नगद लाभांश प्रस्ताव
आइतबार, ११ कात्तिक २०८१, १२ : ११
![प्राइम कमर्सियल बैंकको ५ प्रतिशत नगद लाभांश प्रस्ताव](https://rpcdn.ratopati.com/archived-media/Prime-Bank-Logo.jpg)
काठमाडौँ । प्राइम कमर्सियल बैंकले सेयरधनीका लागि ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले करसहित ५ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् ।
बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा १ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा पहिलेको तुलनामा ११.७५ प्रतिशतले बढी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो आठ पालीमा एक शतक, ६ अर्धशतक र पाँच सयभन्दा बढी रन
-
ट्रम्पले भने, ‘प्यालेस्टिनीहरूलाई आफ्नो देशमा राख्न अस्वीकार गर्ने देशहरूको सहयोग रोक्छु’
-
मस्कको ओपन एआई किन्ने प्रस्ताव अस्वीकार गर्दै अल्टम्यानले दिए ‘एक्स’ किन्ने अफर
-
अण्डा भन्दा बढी प्रोटिन पाइन्छ यी दुई शाकाहारी खानामा
-
क्यान टुक्र्याउने विधेयकको विपक्षमा पर्यटनमन्त्रीलाई ज्ञापन, आकाश ठप्प पार्ने चेतावनी
-
शान्दार म:म: पसलको ग्यास विस्फोटमा परेका दुई जनाको मृत्यु