जुवातास खेलिरहेको अवस्थामा ४२ जना पक्राउ
आइतबार, ११ कात्तिक २०८१, १२ : १०

काठमाडौँ । काठमाडौँसहित विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ४२ जना पक्राउ परेका छन् ।
- काठमाडौँ महानगरपालिका-२७ मसानगल्लीस्थित रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-२५ भेडासिंह बस्ने महोत्तरी भंगहा नगरपालिका-७ घर भएका ४४ वर्षीय कुशेश्वर साह समेत ८ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार ६० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
- काभ्रे, पनौती नगरपालिका-११ ख्याकु बस्ने रमेश थापाको टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय शिव आलेमगर समेत २१ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९३ हजार ३ सय १५ रुपैयाँ, १ बुक तास र ३ थान कौडा सहित पक्राउ गरेको हो ।
- कैलाली, धनगढी उपमहानगरपालिका-७ बेलिबजार बस्ने महेश चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-७ बस्ने २९ वर्षीय हिक्मत थापा समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६४ हजार २ सय ३५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
- यसैगरी कैलाली, धनगढी उपमहागनगरपालिका-९ बङग्राकटानस्थित खेम बहादुर शाहुको खेतबारीमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-९ बस्ने ३४ वर्षीय हरि बिष्ट समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २८ हजार ५ सय ६० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
-
डिभोर्सको विषय बाहिरिएपछि सुटुक्क अमेरिका उडिन् अरुणिमा
-
अर्घाखाँचीका किसानलाई मौरी वितरण
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा १४ अर्ब भ्रष्टाचार भएको संसदीय छानबिन उपसमितिको निष्कर्ष
-
छोरीको हुनेवाला श्रीमानसँग भागेकी महिला थानामा
-
काठमाडौँमा थाल ठटाउँदै अर्धनग्न प्रदर्शन (तस्बिरहरू)