आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लागु औषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

आइतबार, ११ कात्तिक २०८१, १२ : ०५
आइतबार, ११ कात्तिक २०८१

काठमाडौँ । देशका विभिन्न स्थानबाट प्रहरीले लागु औषधसहित १७ जनालाई पक्राउ गरेको छ ।

  • सुनसरी, कोशी गाउँपालिका-१ भन्सार टोलबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ७० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका-१६ बस्ने २० वर्षीय अमन चौधरी र सोही उपमहानगरपालिका-१७ बस्ने २० वर्षीय रजिंत चमार रहेका छन् । इलाका प्रहरी कार्यालय लौकही र लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
  • यसै गरी सुनसरी, कोशी गाउँपालिका-१ भन्सार टोलबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इनरुवा नगरपालिका-५ बस्ने २५ वर्षीय प्रेम कुमार खंग र सोही नगरपालिका-३ डाँडा टोल बस्ने २८ वर्षीय शंकर कुमार देव रहेका छन् । इलाका प्रहरी कार्यालय लौकही र लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०५० प २६०१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  
  • यसै गरी सुनसरी, कोशी गाउँपालिका-१ भन्सार टोलबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोक्राहा नरसिंह गाउँपालिका-४ बस्ने २२ वर्षीय रोस्तम अन्सारी र २२ वर्षीय ईम्रान अन्सारी रहेका छन् । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
  • सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-८ कालिनचोकबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय प्रमोद कोइराला र २८ वर्षीय तेज राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागु औषध नियन्त्रण ब्युरो सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
  • बर्दिया, बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ३० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-२ लोकनगर बस्ने १९ वर्षीय राजु थापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
  • मोरङ, बेलबारी नगरपालिका-१० भाउन्नेबाट नियन्त्रित लागु औषध ट्रामाडोल ५ सय ट्याब्लेट र डिकोलिक ५ सय ट्याब्लेट सहित सोही ठाउँ बस्ने २० वर्षीय दिपेश राई समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी डागिहाटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागु औषध सहित पक्राउ गरेको हो ।
  • मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१ स्थित डेरा गरी बस्ने २३ वर्षीय अरूण नेपालीलाई अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ ग्राम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 
  • यसै गरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङको नमुना टोलबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय सुजन गुरूङ र हेटौंडा उपमहानगरपालिका-१० बसपार्क बस्ने ३३ वर्षीय अजय गहतराज रहेका छन् । अस्थायी प्रहरी पोष्ट थाना भर्‍याङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
  • कैलाली, धनगढी उपमहानगरपालिका-१ शिवनगर खानेपानी टयाङ्की नजिकबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय अर्जुन बोगटीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
  • यसै गरी कैलाली, धनगढी उपमहानगरपालिका-४ बसपार्कबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित डोटी दिपायल सिलगढी नगरपालिका-५ बस्ने २४ वर्षीय प्रदिप धोवीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
  • डडेल्धुरा, अमरगढी नगरपालिका-९ ढाटगाउँ बस्ने ३२ वर्षीय राजेश पाललाई अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप