जीवन सहज र सरल बनाउन एआईको उपयोग गर्नुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवन सहज र सरल बनाउने काममा उपयोग गराउन सरकार लागि पर्ने बताएका छन् । एमाले निकट युवा सङ्घ नेपालले आइतबार काठमाडौँमा आयोजना गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स् (एआई) सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ मा विज्ञसँगको संवादमा प्रधानमन्त्री ओलीले विकास, सकारात्मकता र सहज जीवनका लागि यसको उपयोग गर्नुपर्नेमा जोड दिएका हुन् ।
‘विकासको तिर्खाबाट हामी ग्रस्त छौँ । त्यसका लागि डिजिटल नेपालको अवधारणा ल्याऔँ । हामीले आर्टिफिसियल इन्टेलिजेन्स्को सकारात्मक उपयोग गर्नुपर्छ । यसको दुरुपयोगबाट हुन सक्ने दुष्प्रभाव रोक्न सचेतना र कानुनी प्रबन्धमा पनि जानुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘एसइईमा धेरै विद्यार्थी अनुत्तीर्ण हुने क्रमबाट सुधार ल्याउनु छ । यस्ता क्षेत्रमा एआई को उपयोग कसरी गर्न सकिन्छ र नेपाललाई एआइ एजुकेसनको हब कसरी बनाउन भन्नेमा हाम्रो ध्यान रहेको छ ।’
उनले आटिर्फिसियल इन्टेलिजेन्स्सम्बन्धी नीति र योजना ल्याउने सरकारको तयारी रहेको भन्दै त्यसका लागि निजी क्षेत्रको समेत सहयोग आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली आक्रमणमा चौपट भयो इरानी एयर डिफेन्सको राडार सिस्टम
-
डेडिकेटेड र ट्रंकलाइनको महसुल : दुई उद्योगले पूरै बुझाए, ६ वटाले पहिलो किस्ता
-
एकीकृत समाजवादीको कर्णाली अधिवेशनमा ५०२ प्रतिनिधि सहभागी हुने
-
४२ हजार बोकेर मुम्बई आएका थिए पंकज, श्रीमतीले काम गरेर घर चलाउँथिन्
-
ट्रम्प र कमला ह्यारिसको सञ्चार उपकरणमा हमला गर्ने चीनको साल्ट टाइफुन ग्रुप के हो ?
-
चालक अनुमति पत्र र ब्लूबुक नियन्त्रणमा लिने ट्राफिक प्रहरीको कदम विरुद्धको रिटमा सर्वोच्चले माग्यो कारण