मुम्बईको बान्द्रामा रेल्वे स्टेसनमा भागदौड हुँदा ९ यात्री घाइते
आइतबार, ११ कात्तिक २०८१, ११ : ५६

नयाँ दिल्ली । मुम्बईको बान्द्रा रेलवे स्टेसनको टर्मिनसमा आइतबार बिहान भागदौड हुँदा ९ जना यात्री घाइते भएका छन् । घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ । यीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
टर्मिनसको ९ को प्लेटफर्म नम्बर एकमा भागिदौड भएको थियो । घटना बिहान ६ बजेको भएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार चाडपर्वमा घर जान रेलवे स्टेसनमा ठुलो भीड थियो । राति करिब २ बजे देखि नै बान्द्रा–गोरखपुर एक्सप्रेस रेल बान्द्रा रेलवे स्टेसनमा मान्छेको चहलपहल सुरु भएको थियो ।
रेलभित्र चढ्न मानिसहरूले धक्कामुक्की सुरु गरे । त्यहाँ उपस्थित प्रहरीले स्थितिलाई नियन्त्रण गर्ने प्रयास गरेपनि स्थिति नियन्त्रण बाहिर गएको अनि भागिदौड मच्चिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलन नरोक्ने अडानमा शिक्षक, सातबुँदे प्रस्ताव मन्त्रिपरिषद्मा लैजाँदै मन्त्रालय
-
अमेरिकासँग व्यापार सम्झौता गर्ने देशहरूलाई चीनको चेतावनी
-
पाल्पामा जिप दुर्घटनामा हुँदा १ जनाको मृत्यु
-
क्यानडा : अग्रिम मतदानमा कीर्तिमानी भोट खस्यो
-
काठमाडौँको शङ्खरापुरमा महिलाको हत्या, श्रीमान् फरार
-
संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै