गैरआवासीयहरुलाई प्रधानमन्त्रीको सुझाव : एकजुट भएर काम गर्दा नेपालको विकास सम्भव छ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताएका छन् । गैरआवासीय नेपाल सङ्घ (एआरएन) ले आइतबार काठमाडौँमा गरेको गैरआवासीय नेपाली दिवस र वार्षिक साधारणभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रविधि र उपकरण बढ्दो भएकाले विकास गर्न नसकिने भन्ने नै नभएको बताएका हुन् ।
‘नेपालमा विकासका लागि बाटा घाटा र आवश्यक पूर्वाधार बनेका छन् । अहिले दुर्गम भन्ने कुनै जिल्ला र भूभाग छैन । मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ’, प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली सङ्घको छविलाई कायम गरी सङ्गठनलाई एकताबद्ध राख्न र ‘राजनीतिक टग अफ वार’ नगर्न आग्रह गरे ।
उनले सरकारको तर्फबाट सङ्घलाई कुनै हस्तक्षेप नहुने भएकाले स्वतन्त्र रुपमा काम गर्न आग्रह गर्दै भने, ‘म अहिले प्रधानमन्त्री छु, म देशको प्रधानमन्त्री हो । एमालेको मात्रै प्रधानमन्त्री होइन । राष्ट्रपति पनि त्यही हो, राष्ट्रपति दल विशेषको हुँदैन, राष्ट्रको प्रमुख हुन्छ । सभामुख, प्रधानन्यायाधीश सबै पद साझा पद हुन् । हामीले त्यस हैसियतले काम गर्ने हो ।’
आफू सन् १९९९ तिर मा मस्को जाँदा डा.उपेन्द्र महताेसँग गैह्रआवासीय नेपाली अभियानबारे कुरा भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले एनआरएनलाई पहिचान र आवश्यक सुविधा दिन सरकारले कन्जुस्याइँ नगर्ने पनि स्पष्ट पारे । फरक प्रसङ्गमा उनले आफूहरूले हतियार नचलाए पनि कसरी बिसाउन लगाउनुपर्छ भन्ने जानेकाले ‘हतियार बिसाएका मात्रै हौँ’ भनेर कुनै पक्षबाट धम्की नदिन चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जार’मा बाघको अभिनयका लागि कति भयो खर्च ?
-
फिल्म ‘पिताम्बर’हेरेपछि चलचित्रकर्मीले गरे निर्देशक कृषाको तारिफ
-
मिथिलामा बटुवालाई सातु र सर्वतले स्वागत
-
ब्याट्सम्यानको खुट्टा भासिने पिचदेखि ६१ बलमा सकिएको ज्यानमारा टेस्टसम्म
-
प्रमुख तीन पार्टीमै संस्थापनविरुद्ध इतर पक्षको जितको सन्देश के ?
-
लुलाङ–गुर्जा सडकः भालुखोरिया खण्डमा ट्रयाक खुल्यो