आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय
राजनीति

प्रचण्डलाई ओलीको जवाफ : हतियार बिसाउन लगाउन जानेका छौँ

आइतबार, ११ कात्तिक २०८१, ११ : २२
आइतबार, ११ कात्तिक २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हतियार बिसाउन लगाउन आफूहरूले जानेको जवाफ दिएका छन् । 

गैरआवासीय नेपालीहरूको वार्षिक साधारणसभालाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्तिलाई लक्षित गर्दै यस्तो जवाफ दिएका हुन् ।  

‘हिजो एक जना उफ्री उफ्री भाषण गर्दै थिए, हतियार बिसाएको मात्र हो भ्रम नरहोस्, चलाउन बिर्सेको छैन रे’, प्रधानमन्त्रीले त्यस्तै हुन नहुने बताए ।  

प्रधानमन्त्रीले माओवादीले अझै धम्क्याएको भरमा खाने गरेको आरोप लगाए ।  उनले हतियार कसरी बिसाउन लगाउनुपर्छ भन्ने आफूलाई थाहा भएको पनि बताए । 

‘फेरि हतियार कसरी बिसाउन लगाउनुपर्छ भन्ने हामीलाई थाहा छ । हामी चलाउन त चलाउँदैनौ तर बिसाउन लगाउन जानेको छ हामीले’, प्रधानमन्त्री ओलीको भनाइ छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबार आयोजित खबरदारी सभामा आफू ७० वर्ष पुगेपनि देशमा अझै अर्को क्रान्ति गर्ने आँट रहेको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप