बहराइनमा जारी टेबलटेनिसमा नेपालले साउदीलाई हरायो

काठमाडौँ । बहराइनको मानामामा जारी आईएसएफ जिम्नासाइडको टेबलटेनिसमा नेपालले महिला टिम स्पर्धामा आइतबार साउदी अरबियालाई पराजित गरेको छ ।
बहराइन नेसनल स्टेडियास्थित ईसा स्पोर्टस सिटीे हल ‘बी’ मा ९ देखि १३औँ स्थानका लागि भएको प्रतिस्पर्धामा नेपालले साउदी अरबियालाई ४–१ ले हराएको हो ।
जितसँगै नेपालले अब सोमबार ९ देखि ११औँ स्थानका लागि युगान्डासँग खेल्ने छ । यो खेल जितेमा नेपालले पुनः ९ देखि १०औँ स्थानका लागि खेल्ने अवसर पाउने छ ।
महिला टिम स्पर्धामा नेपाली टोलीले समूहगत चरणमा इङल्यान्ड, अजरवैजान, इटाली र चाइनिज ताइपेईंसँग प्रतिस्पर्धा गरेको थियो ।
नेपाली टोली इङल्यान्डसँग ४–३, अजरवैजानसँग ५–२, इटालीसँग ५–२ र चाइनिज ताइपेइसँग ७–० ले पराजित भएको थियो । नेपालबाट इभाना थापा, वियंका राई, माल्सा नेपाल र विद्विसा मैनाली सहभागी छन् ।
महिला स्पर्धामा नेपालले सिंगल्स स्पर्धामा पनि प्रतिस्पर्धा गर्नेछ । पुरुषमा जेविश बुर्लाकोटी र आशिष महताले पनि सिंगल्समा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा